Home » » बोक्‍सी आरोपमा आफ्‍नैले खुवाए दिसा पुरा विवरणको लागि यहाँ जानुस !

बोक्‍सी आरोपमा आफ्‍नैले खुवाए दिसा पुरा विवरणको लागि यहाँ जानुस !

फोटो :अन्‍नपूर्ण ( प्रहरी कार्यालयमा रुँदै पीडित कोपिला बानियाँ।)
म्याग्दी : आफन्तले बोक्सी आरोप लगाउँदै बेनी नगरपालिका-७ क्याम्पसचोककी ४२ वर्षीया कोपिला बानियाँलाई चरम अमानवीय व्यवहार गरेका छन्। अमाजू मैती थापा र भान्जी विस्सु केसीले बुधबार पसलमा बसिरहेका बेला कोपिलालाई दिसा खुवाएका हुन्। 
 एक वर्षअघि कोपिलाकै कारण भान्जी विस्सुको बच्चा बिरामी भएको भन्दै दुईजनाले सुनियोजित रूपमा दिसा खुवाएको पीडितका पति यामबहादुर बानियाँले बताए। 'बारम्बार बोक्सी भनेर मेरी श्रीमतीलाई दुव्र्यहार हुने गथ्र्यो, अहिले आएर यस्तो घटना भयो', उनले भने। 
 
पीडित कोपिलाले लगाएका कपडा, अनुहार र छातीमा प्रहरी कार्यालय पुग्दासमेत दिसा देखिन्थ्यो। बिहानै उक्त घटना भएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। दिसा खुवाउने दुवैजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 जील्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले दिसा खुवाउने र पीडित कोपिला दुवैलाई प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, 'बोक्सी आरोपमै यो घटना भएको देखिएको छ, अभियुक्तलाई पक्राउ गरिएकाले मुद्दा प्रक्रिया अघि बढाउँदैछौं।' 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf