गोसाईकुण्ड ताल समुद्री सतहबाट करिब ४३८० मि उचाईमा रहेको छ । नेपालको लोकप्रिय पर्यटकीय क्षेत्रमध्ये एक गोसाईकुण्ड, धुन्चे–गोसाईकुण्ड–हेलम्बु ट्रेकिङ रुटमा पर्दछ । स्याफ्रुबेसीबाट यो ट्रेकलाई लम्ब्याउन पनि सकिन्छ ।
गोसाईकुण्डको धार्मिक महत्व पनि त्यतिकै रहेको छ । धार्मिक ग्रन्थका अनुसार भगवान शिवले विष सेवन गरेपछि आफूलाई शान्त पार्न आफ्नो त्रिशुल गाडेर पानी निकालेर पिएको विश्वास गरिन्छ । उक्त स्थानलाई अहिले त्रिशुलधारा भनिन्छ । यही त्रिशुलधारा गोसाईकुण्ड र त्रिशुली नदीको उद्गम थलो पनि हो । यही बेला भगवान शिवले अन्य तालको उत्पति गरेको धार्मिक विश्वास छ जसलाई भैरव कुण्ड, र नागकुण्ड भनिन्छ । यसपटक दशैंको विदालाई सदुपयोग गर्दै यही गोसाईकुण्ड घुम्ने निर्णय गरियो । त्यही क्रममा क्यामारामा कैद गरिएका केही तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ ।
पहिलो दिनः काठमाडौंबाट धुन्चे काठमाडौंबाट गाडी चढेर धुन्चे पुग्न सकिन्छ । धुन्चे वा चिसापानीबाट आफ्नो पदयात्राको शुरुवात गर्न सकिन्छ । तर, धेरैले धुन्चेबाटै पदयात्रा शुरु गर्छन् । धुन्चे रसुवाको सदरमुकाम हो । काठमाडौंबाट यहाँ पुग्न करिब ७ देखि ९ घण्टा लाग्छ ।
दोस्रो दिनः पदयात्री अनुसार दोस्रो दिनलाई लम्ब्याउन वा छोट्यान सकिन्छ । एकै दिनमा छोलाङपाटी पुग्न सकिन्छ वा चन्दनबारीमा पनि बास बस्न सकिन्छ । चोलाङपाटी पुग्न पुरै दिन हिँड्नुपर्छ ।
तेस्रो दिनः करिब ३५०० मिटर उचाईमा रहेको छोलाङपाटी बाट आराम गरेपछि लौरीबिनातिर उकालो चढ्न थालिन्छ । छोलाङपाटीबाट गोसाईकुण्ड पुग्न ४ देखि ६ घण्टासम्म लाग्छ । बाटोमा भैरवकुण्ड र नागकुण्ड पनि पर्दछ । गोसाईकुण्डमा विशेष गरेर जनैपूर्णिमामा बढी भीड हुनेगर्दछ । त्यतिबेला भारतबाट समेत तिर्थालुहरु आउने गर्छन् । अक्टोबर देखि मे महिनासम्म ताल पूर्ण रुपमा जम्ने पनि गर्छ ।
चौंथो दिनः गोसाईंकुण्डमा एक रात बसेपछि लौरिबना हुँदै घोप्टे झर्न सकिन्छ । केहीले स्याफ्रुबेसी हुँदै छोलाङपाटी पनि झर्ने गर्छन् । छाटोबाटो हुँदै एकै दिनमा धुन्चे झर्न सकिन्छ । पाँचौ दिनः बिहानै बस लिएर रातीसम्म काठमाडौं फर्कन सकिन्छ ।