काठमाडौं, आश्विन २९ । अमेरिकामा इबोला भाइरसबाट संक्रमित अर्का बिरामी पनि भेटिएका छन् । गत हप्तामात्र लाइबेरियाबाट अमेरिका गएका इबोला संक्रमित थोमस डंकनको उपचारमा सहभागी २६ वर्षीया नर्स नीना फाममा पनि इबोला पोजिटिभ देखिएको हो ।
डंकनको टेक्सस्को हेल्थ प्रेस्बाइटेरियन अस्पतालमा उपचारका क्रममा गत बुधबार मृत्यु भएको थियो । नीना अमेरिकामै इबोलाभाइरसबाट संक्रमित हुने पहिलो व्यक्ति बनेकी छन् । चिकित्सकहरुले उनको अवस्था राम्रो रहेको बताएका छन् । अधिकारीहरुले डंकनको सम्पर्कमा आएका र उनको उपचारमा संलग्न ४८ जनामाथि पनि निगरानी राखेको जनाएका छन् ।
गिनीबाट फैलिएको इबोलाका कारण हालसम्म ४ हजार ४ सयभन्दा बढीको मृत्यु भैसकेको छ । चिकित्सकहरुले इबोला मानिसले सामना गरेको एचआइभी एड्सपछिको सबैभन्दा ठूलो चुनौती भएको जनाएका छन् । (एजेन्सी)