
काठमाडौं, आश्विन २० । डोटीको छतिवन गाविसमा सोमबार (आज) दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३० बढी घाइते भएका छन् ।
घाइतेमध्येका अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकहरुको पहिचान भइनसकेको घन्टेश्वर प्रहरी चौकीबाट घटनास्थल पुगेका प्रहरी नायव निरीक्षक

डोटीको लक्ष्मीनगर, जोरायलबाट धनगढी आउँदै गरेको ना३ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ बनलेकस्थित कटपाते भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको यकिन कारण खुलिसकेको छैन । बसमा क्षमताभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब तीनसय मिटर तल खसेको जनाइएको छ ।
डोटीको छतिवन र घन्टेश्वर गाविसमा यसअघि पनि पटक–पटक दुर्घटना हुँदै आएका छन् । गत वर्ष मात्रै छतिवनकै रुवसकाँडामा भएको बस दुर्घटनामा ३० जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।