दैलेख, कार्तिक ४ । दैलेखमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट नौमुले जाँदै गरेको भे१ज ५६० नम्बरको जिप नारायण नगरपालिका ४ बाट बिनी खोलामा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।