Home » » म्याग्दीको दरवाङदेखि सदरमुकाम बेनी आउँदै गरेको ध१ख २९० नम्बरको माइक्रोबस आइतबार बेनपा–१३ नयाँपुलमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

म्याग्दीको दरवाङदेखि सदरमुकाम बेनी आउँदै गरेको ध१ख २९० नम्बरको माइक्रोबस आइतबार बेनपा–१३ नयाँपुलमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

म्याग्दी, कात्तिक ९ – म्याग्दीको दरवाङदेखि सदरमुकाम बेनी आउँदै गरेको ध१ख २९० नम्बरको माइक्रोबस आइतबार बेनपा–१३ नयाँपुलमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । क्षमताभन्दा धेरै यात्रु सवार माइक्रोबस ब्रेक फेल भई सडकमा पल्टिँदा घाइते भएका एकजनालाई पोखरा पठाइएकोे छ भने १२ जनाको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अर्मन–२ की ५४ वर्षीया यामसरा बुढालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको हो । दुर्घटनामा नेदरल्यान्डस्की ४७ वर्षीया मार्सलेन, पर्वत शालिजा–३ की लालकुमारी खोरजा, बरङ्जा–७ म्याग्दीकी २८ वर्षीया रीता थापा, दरवाङ–३ दुखुकी १५ वर्षीया सुकमाया जुक्जाली, ३१ वर्षीया भावना पुन र १२ वर्षीया विपिसा पुन घाइते भएका प्रहरीले जनाएको छ । यसैगरी, ओखरबोट–१ की ३५ वर्षीया मीना घर्ती, कुहुँ (५ की ६० वर्षीया दिलमती किसान, उनकी छोरी २० वर्षीया पवित्रा किसान, बागलुङ भीमपोखरा–७ की ६० वर्षीया राधा पौडेल, बाबियाचौर–५ का ५० वर्षीया इन्द्रलाल जैसी र बेनपा–७ मङ्गलाघाटकी ५० वर्षीया मनकुमारी किसान घाइते भएका छन् । बसका चालक जीवन केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य छ । तिहार मनाउन आफन्तकहाँ र धौलागिरि पदयात्रामा गएर फर्किएका सर्वसाधारण र पदयात्री गरी ४० जनाभन्दा बढी यात्रु सवार उक्त गाडीको ब्रेक फेल भएपछि चालकले सावधानी अपनाएर सडकको कुनामा ठोक्काएकाले ठूलो दुर्घटना हुनबाट बचेको यात्रुहरूले बताएका छन् । यसैबीच, सदरमुकाम बेनीसँगै रहेको उत्तरी पर्वतको माझफाँट गाविस–१ खोलाखेतमा भिरबाट लडेर घुम्ती व्यापार गर्न हिँडेकी मुस्ताङकी एक महिला गम्भीर र अर्का एकजना सामान्य घाइते भएकी छिन् । हिँडिरहेको अवस्थामा चिप्लिएर लडेको मुस्ताङको छोसेर–४ की ४० वर्षीया लुटिन गुरुङलाई बचाउन खोज्दा लडेर उनीसँगै व्यापार गर्न हिँडेकी सोही ठाउँकी ३० वर्षीया साङ्बो गुरुङ गम्भीर घाइते भएकी पर्वत बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । लुटिनको दाहिने हात भाँच्चिएको छ भने टाउकोमा गम्भीर चोट लागेर बेहोस अवस्थामा रहेकी साङ्बोलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf