काठमाडौं, चैत्र ८ । शान्ति प्रक्रियापछि पाँच टुक्रामा विभाजित भएका माओवादी घटकहरु आम माफी सम्बन्धि सर्वोच्च अदालतको फैसला विरुद्ध एकजुट भएका छन् ।
मोहन वैद्य नेतृत्वको माओवादी पार्टीको बुद्धनगरस्थित कार्यालयमा बसेको पाँचवटै समूहको वैठकले सर्वोच्चको फैसला र बर्तमान सरकार शान्ति प्रक्रिया विरुद्ध गएको भन्दैआगामी २३ गते देशब्यापी रुपमा प्रदर्शन गर्ने निर्णय पनि गरेका छन् ।
उनीहरुले चैत १४ गते शान्ति प्रक्रिया कार्यान्वयनको अवस्था सम्बन्धमा वृहत् अन्तरक्रिया समेत गर्ने भएका छन् ।
द्वन्द्व पीडितहरुलाई १०–१० लाख रुपैयाँ राहत दिने र माथिल्लो तामाकोशीमा द्वन्द पीडितलाई ५ लाखको शेयर भर्न दिने बाबुराम सरकारको निर्णय लागू नभएको गुनासो पनि वैठकले गरेको छ ।
वैठकमा एमाओवादी पुष्पकमल दाहाल, मोहन वैद्य, नेत्रविक्रम चन्द, मातृका यादव र मणि थापा सहभागी थिए ।
यसअघि आज विहान एमाओवादी र वैद्य माओवादीबीच पार्टी एकताको आधारबारे पनि छलफल भएको थियो