Home » » सप्तरीमा बस ठोक्किँदा दुईको मृत्यु, २५ घाइते, १५ को अवस्था चिन्ताजनक

सप्तरीमा बस ठोक्किँदा दुईको मृत्यु, २५ घाइते, १५ को अवस्था चिन्ताजनक

लम्जुङ ,चैत्र १०। पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको त्रिकौल–८ मा मंगलबार दुईओटा यात्रुबस एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक छ । काठमाडौंबाट काँकड्भिट्टा जाँदै गरेको उज्यालो यातायात र काँकड्भिट्टाबाट भैरहवा जाँदै गरेको मुनाल यातायातको बस ठोक्किएको हो ।

मृतकउज्यालो यातायातका चालक बाराका रोहित भुजेल र भारत सिलिगुडीका सुरेन्द्र राई रहेको प्रहरीले जनाएको छ । घाइतेको धरान र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौबाट काँकड्भिट्टा जाँदै गरेको उज्यालो यातायातले माइक्रोबसलाई उछिन्न खोज्दा अनियन्त्रित भइ अगाडिबाट आउँदै गरेको मुनाल यातायातको बसमा ठोक्किएको ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख उमेशकुमार यादवले जानकारी दिए ।


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf