Home » » श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क राख्दा हिरासतमा

श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क राख्दा हिरासतमा

१२ चैत, काठमाडौं । श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्युठान भर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी पुष्पचन्द्र
रञ्जितका अनुसार गत ३ चैतमा उपाध्यायलाई पक्राउ गरिएको हो । श्रीमती रीता रिजालको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । उनीबीच एक वर्ष अघिमात्र विवाह भएको नयाँ पत्रिकामा खबर छ ।
उजुरी दिने गोमाले आफ्नो नाम गोप्य राख्नुपर्ने भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको घटना बाहिर ल्याएको हो । पक्राउ परेका बाबुरामले भने सहमतिमै सम्बन्ध राखिएको बताएका छन् ।
मुलुकी ऐनको जबर्जस्ती श्रीमतीको इच्छाविपरीत शारीरिक सम्पर्क राखे त्यो बलात्कार हुने उल्लेख छ । जुन अपराधमा तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf