Home » » काठमाडौं बन्यो विश्वको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य यी हुन् विश्वका २५ उत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौं बन्यो विश्वको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य यी हुन् विश्वका २५ उत्कृष्ट पर्यटकीय गन्तव्य

Patan-Durbar
११ चैत, काठमाण्डौ । नेपालको राजधानी काठमाण्डौ विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको विश्वका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौं १९ औं नम्बरमा परेको हो ।
विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्दछ । विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन् ।
ऐतिहासिक, धार्मिक, सांस्कृति लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको छ ।
गत शुक्रबार प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरको कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले काठमाडौं दक्षिण एशियाको पर्यटकीय राजधानी भएको दाबी गर्दै थिए । ट्रिप एडभाइजरको सूचीले काठमाडौं दक्षिण एशियाको मात्र नभई विश्वकै पर्यटकीय केन्द्र भएको पुष्टी गरेको छ ।
पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन् ।
काठमाडौं सांस्कृतिक रुपमा पनि विश्वकै धनी शहर हो । साथै, काठमाडौंलाई मन्दिरै मन्दिर भएको शहरका रुपमा पनि चिनिन्छ ।
Shyambhunath
ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानिय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्याेदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा उल्लेख गरेको छ ।
काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार, बसन्तपुर लगायतका वर्ल्ड हेरिटेज साइटमा पदयात्रा निकै रोमाञ्चक हुने बताइएको छ ।
यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा पनि ट्रिप एडभाइजरले बयान गरेको छ । यहाँको हस्तकला विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । काठमाडौंको मौसम समेत पर्यटकमैत्री रहेको छ । न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइएला ।
काठमाडौं आसपासको क्षेत्रमा ट्रेकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले आफ्नो साइटमा उल्लेख गरेको छ ।
यी हुन् उत्कृष्ट गन्तव्य
पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ । त्यस्तै २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ । एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको थाइल्यान्ड १८ नम्बरमा र हङकङ २३ नम्बरमा परेको छ ।
१) मराकेच, मोरक्को
१) मराकेच, मोरक्को
२) सिम रिप, कम्बोडिया
२) सिम रिप, कम्बोडिया
३) इस्तानबुल, टर्की
३) इस्तानबुल, टर्की
४) हानोइ, भियतनाम
४) हानोइ, भियतनाम
५) पाराग्वे, चेक रिपब्लिक
५) पाराग्वे, चेक रिपब्लिक
६) लन्डन, युनाइटेड किङडम
६) लन्डन, युनाइटेड किङडम
 ७) रोम, इटाली

७) रोम, इटाली
 ८) ब्युनोस एरिज, अर्जेन्टिना

८) ब्युनोस एरिज, अर्जेन्टिना
 ९) पेरिस, फ्रान्स

९) पेरिस, फ्रान्स
 १०) केप टाउन सेन्ट्रल, साउथ अफ्रिका

१०) केप टाउन सेन्ट्रल, साउथ अफ्रिका
 ११) न्यूयोर्क सिटी, अमेरिका

११) न्यूयोर्क सिटी, अमेरिका
१२) जरमाट, स्वीट्जरल्यान्ड
१२) जरमाट, स्वीट्जरल्यान्ड
१३) बार्सिलोना, स्पेन
१३) बार्सिलोना, स्पेन
 १४) गोरेमे, टर्की

१४) गोरेमे, टर्की
१५) युबुद, इन्डोनेसिया
१५) युबुद, इन्डोनेसिया
CUSCO
१६) कोस्को, पेरु
 १७) सेन्ट पिटर्सवर्ग, रसिया

१७) सेन्ट पिटर्सवर्ग, रसिया
१८) बैंकक, थाइल्यान्ड
१८) बैंकक, थाइल्यान्ड
काठमाडौं, नेपाल
१९) काठमाडौं, नेपाल
Beautiful view of ancient Acropolis, Athens, Greece
२०) एथेन्स, ग्रिस
 २१) बुडापेष्ट, हङ्गेरी

२१) बुडापेष्ट, हङ्गेरी
QUEENSTOWN
२२) क्वीन्स टाउन, न्यूजिल्यान्ड

३) हङकङ, चीन
२३) हङकङ, चीन
२४) दुबई, यूनाइटेड अरब इमिरेट्स
२४) दुबई, यूनाइटेड अरब इमिरेट्स
२५ सिड्नी, अष्ट्रेलिया
२५ सिड्नी, अष्ट्रेलिया
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf