Home » » मर्स्याङ्दी-२ को गाडी पल्टिँदा एकको मृत्यु,घाइतेलाई हेलिकोप्टरबाट काठमाडौंमा

मर्स्याङ्दी-२ को गाडी पल्टिँदा एकको मृत्यु,घाइतेलाई हेलिकोप्टरबाट काठमाडौंमा

लमजुङ  : उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समितिको ढ्वाङखोलामा एक यात्रुबाहक ल्याण्ड क्रु्रुजर गाडी पल्टिदा १ जनाको मृत्यु भएको छ।
काठमाडौंका ३४ बर्षीय रबिन श्रेष्ठको उपचारको क्रममा लमजुङ जिल्ला सामुदायीक अस्पताल  ल्याउँदै गर्दा वाटोमै मृत्यू भएको हो । ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी–२ जलबिद्युत आयोजनाको ट्रान्समिसन लाइनको सर्भे गर्नको लागि जेनिसिस कन्सल्टेन्सीबाट आएका प्राविधिकहरु चढेको गाडी दुर्घटनाग्रस्त भएको थियो।

 
घाइतेहरुको उद्धार गरिदै
 
ताघ्रिङको स्याँगेबाट बाहुनडाँडातर्फ जाँदै गरेको बा २ प ७४३३ नम्बरको सो ल्याण्डकुजर गाडी बाहुनडाँडा गाविस–८ मा दुर्घटनाग्रस्त हुंदा गाडीमा सवार अन्य चार जना गम्भीर घाईते भएका छन । घाईते हुनेहरुमा काठमाडौका ४५ बर्षीय बिनोद खड्की, २६ बर्षीय नितेष श्रेष्ठ, ४५ बर्षीय धुब्र मानन्धर र २५ बर्षीय बिरेन्द्र बाँनीया रहेका छन् । उनीहरुलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत बयोधा अस्पताल बल्खु काठमाडौमा रिफर गरिएको छ।
घाइते हुनेको टाउकोमा चोट लागेको, छातीको करङ भाँचीएको र हातगोडा भाँचीएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ। सामान्य घाईते हिराबहादुर मगर र प्रकाश माझीलाई पनि  लमजुङ जिल्ला सामुदायिक सामुदायिक अस्पतालमा उपचार पश्चात थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौ पठाइएको थियो। गाडी सडकबाट १ सय मिटर तल खसी स्थानीय पदमबहादुर पाण्डेको घरमा रोक्किएको थियो। वर्षातका कारण बाटो हिलो भएको र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । 

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf