Home » » बेलायतमा यसरी पर्यो दिउँसै रात (सूर्यग्रहणका फोटोफिचरसहित)

बेलायतमा यसरी पर्यो दिउँसै रात (सूर्यग्रहणका फोटोफिचरसहित)


  • बेलायत र उत्तरी युरोपका हज्जारौँ मानिसहरुले यो वर्षको सबैभन्दा उत्कृष्ट सूर्यग्रहणको अनुभव गर्ने मौका पाएका छन् ।



सूर्य ग्रहणमा पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आउने भएका कारण पृथ्वीको केहि भाग अँध्यारो हुने गर्दछ । बेलायतको आकाश नेपाली समयअनुसार दिउँसो २ बजेर ९ मिनेट (स्थानीय समय ८ः२४) देखि अँध्यारो हुन सुरु गरेको थियो । जतिजति चन्द्रमा पृथ्वी र सूर्यको बिचमा आयो त्यति नै पृथ्वी उज्यालोबाट अन्धकारतिर धकेलियो । सबैभन्दा अँध्यारो नेपाली समयानुसार ३ बजेर १५ मिनेट ( स्थानीय समय ९ः३०)मा भएको थियो ।

डेली मेलका अनुसार त्यतिबेला सूर्यको सबैप्रकाश लगभग सबै लुकेको थियो, लगभग दिउँसै रात भएको थियो । तर मानिसहरुले भने आँखालाई हानी हुने भन्दै यस्तो लोभलाग्दो दृश्यलाई आफ्नो नाङ्गो आँखाले हेर्ने आँट गरेनन् । ग्रहणका कारण हेब्राइड्समा सूर्य अदृश्य अवस्थामा थियो भने लिभाइसको इजलमा सूर्यग्रहणको प्रभाव ९८ प्रतिशत परेको थियो त्यस्तै फारोइ आइल्याण्डमा भने पूर्ण सूर्यग्रहण लागेको थियो ।

तर आकाशमा बादलको मात्रा धेरै भएका कारण बेलायतका थुप्रै स्थानीयहरुले सूर्यग्रहणको केहि पनि देख्न पाएनन् जुन अबका थुप्रै दशकसम्म देख्न पाइन्न ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf