परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label मुख्य समचार. Show all posts
Showing posts with label मुख्य समचार. Show all posts

लिपुलेक विवादको चुरो

दुई विशाल छिमेकीले पत्तै नदिइ आफूले दावी गर्दै आएको भूभागमा सीमा व्यापार गर्ने सहमति गरिदिएपछि नेपाल झस्किएको छ। पटकपटक बल्झिरहने यो सीमा विवादको चुरो के हो त ?
null
लिपुलेकलाई नेपालले भारत र चीनसंगको आफ्नो त्रिदेशीय विन्दु मान्दै आएको छ जुन दावीलाई भारतले अस्वीकार गरेको छ
तात्कालीन ब्रिटीश इण्डिया र नेपालबीच दुई सय वर्षअघि भएको सुगौली सन्धिको अस्पष्टता नै लिपुलेक विवादको चुरोको रुपमा देखिन्छ।
उक्त सन्धिमा नेपालको पश्चिमी सिमाना काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन।
लिपुलेक वा लिपुलेकको पश्चिम, हाल भारतमा पर्ने भनिएको लिम्पियाधुरा या कालापानीभन्दा केही तल पर्ने काली मन्दिरमध्ये कुनलाई काली नदीको मुहान मान्ने भन्नेमा भिन्नाभिन्नै धारणा छन् ।
नदीको सबैभन्दा ठूलो र लामो स्वरुप जहांबाट निस्कन्छ त्यसलाई नै मुहान मान्नुपर्ने भन्दै कतिपय नेपाली इतिहासविद् तथा सीमाविद्हरु लिम्पियाधुरातिरको भाग पनि नेपालमै पर्ने तर्क गर्छन्।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, "सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरुमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ। त्यसपछिका नक्साहरुमा चाहि त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भञ्ज्यांगबाट निस्किएको नदीलाई चाहि काली भनेर लेखेको पाइएको छ। अर्को भारतीय नक्साहरुमा चाहि यी दुवैलाई हटाएर टिकंर भञ्ज्यांग नजिकै पंखागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ।"

परित्याग

तर नेपाल सरकार स्वयमले लिम्पियाधुरापट्टिको झण्डै दुई सय वर्गकिलोमिटरको भूभागमाथिको दावी औपचारिक रुपमै परित्याग गरिसकेको कतिपय ऐतिहासिक दस्तावेजहरुले देखाउंछन्।
लिम्पियाधुरा क्षेत्र त्यागेर नेपालले लिपुलेकसम्म समेट्ने गरी बनाएको नक्सा पनि भारतले अस्वीकार गरिरहेको छ।
भारतले आफ्नै नाकाको रुपमा लिपुलेकबाट भारतीय तीर्थयात्रीहरुलाई चीनको मानसरोवरको यात्रा गराउनेदेखि लिएर कालापानीमा इण्डो टिबेटन बोर्डर पुलिस फोर्सका सुरक्षाकर्मीहरु तैनाथ गर्नेसम्मका काम गरिरहेको छ।
कालापानीलाई विवादित क्षेत्रका रुपमा स्वीकार्दै आएको उत्तरी छिमेकी चीनले पनि लिपुलेकबाट द्धिपक्षीय सीमा व्यापार विस्तार गर्न भारतलाई साथ दिएपछि मात्रै नेपाली पक्ष झस्किए जस्तो देखिन्छ।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे पछिल्लो विवादबारे प्रष्ट रुपमा त खुलेनन् तर उनले दुई छिमेकीसंग आवश्यक कूटनीतिक प्रक्रिया भने थालिसकेको बताए।
null
नेपाल र भारतले कालापानीसहितका सीमा क्षेत्र विवाद परराष्ट्रसचिवस्तरमा सुल्झाउन गत वर्ष नै सहमति गरेका थिए
उनले भने, "आआफ्नो सार्वभौमिकताको रक्षा हुने ढंगले यसको समाधान खोजेको हुनाले हामीले त्यही रुपले नै आआफ्नो सार्वभौम भूभागको विवाद सुल्झाउन खोजिरहेका छौं।"

हल

विवादका कारण नेपाल र भारतले अहिलेसम्म सो क्षेत्रको दुवै पक्षलाई मान्य हुने नक्सा तयार पार्न सकेका छैनन्।

परराष्ट्रसचिवस्तरमा कालापानीसहितका सीमा विवाद सुल्झाउने सहमति गत वर्ष भारतीय विदेशमन्त्री सुष्मा स्वराज र लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा ताका पनि भएको थियो।
तर यसको टुंगो लाग्नुपूर्व नै मोदीको गत महिनाको चीन भ्रमणको मेसो पारेर दिल्ली र बेइजिंगले लिपुलेकलाई द्धिपक्षीय रुपमा व्यवहार गरेपछि विवाद उत्पन्न भएको छ।
यो विवादको हल कसरी हुन सक्ला त?
चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य भन्छन्, "वास्तवमा त्रिपक्षीय रुपमा हुंदा खेरि नेपालले आपत्ति पनि गर्ने थिएन। किनकी नेपालले भारत र चीनबीच व्यापार विन्दु बन्न आफू तयार रहेको बताउने गरेको छ। यस्तो अवस्थामा पछिल्लो मामिलामा नेपाललाई किन बेवास्ता गरियो ! एक महिनाभन्दा बढी भइसक्दा पनि नेपाल सरकारको आधिकारिक धारणा आउन सकेको छैन। यसका कारण अलिकति अप्ठ्यारो र असजिलो परिस्थिति सिर्जना भइरहेको छ।"
लिपुलेक चीनको कैलाश मानसरोवर, सिगात्से तथा ल्हासा जानका लागि सहज मार्ग भएकाले यो व्यापार, पर्यटन र तीर्थाटनका दृष्टिले निकै महत्वपूर्ण विन्दु मानिन्छ। नेपालले दावी गर्दै आएको रणनीतिक रुपले त्यति महत्वपूर्ण क्षेत्रबारे नेपाललाई समावेश नै नगरी दुई ठूला छिमेकीहरुले आपसी सहमति गरिदिंदा नेपालीहरु चिढिनु स्वाभाविकै देखिन्छ। तर नेपालका लागि सो विवाद सुल्झाउन भने त्यति सहज हुनेछैन।

सामसुङ मोबाइल को ब्याट्रीको कभर भित्र को कालो चिप्स को वास्तबिक कार्य के हो एक पल्ट् बुझ्ने पनि हो कि !!


सामसुङ मोबाइल को ब्याट्रीको कभर भित्र को कालो चिप्स को वास्तबिक कार्य के हो एक पल्ट् बुझ्ने पनि हो कि !!
फोटो मा देखाएको चिप्स नै अहिले सामाजिक सन्जालमा भाईरल भनेको चिप्स हो ल आउनुहोस् हामी यस्को काम केहो हामी बिस्त्रित रुपमा बुझौ !
यो चिप्स लाई एन एफ सि (NFC) चिप्स भनिन्छ जुन अहिले को नयाँ प्रबिधि युक्त मोबाइल को ब्याट्रि मा राखिएको हुन्छ !
हामीले मोबाइल मा एन एफ सि (NFC)नामक सफ्ट्वेर पनि भेट्न सक्छौ जस्को काम नजिकै भएको मोबाइल बिच सजिलो सँग बिभिन्न डाटा हरु र २ फोन बिच कुनै इन्टर्नेट र अन्य प्रबिधी बिना एक अर्कालाई जोड्ने एउटा नयाँ अनी सरल माध्यम हो जस्को काम यो चिप्सले गरिराखेको हुन्छ ! साथै यो चिप्स मा हामीले चार्जमा हालेको फोन फुल चार्ज भए पछी आँफै ब्याट्रिलाइ नियन्त्रण गर्ने अनी बिधुतिय अर्थिङ को रुपमा मोबाइल लाई र ब्याट्रि लाई बचाएर राखेको हुन्छ यदी हामीले कसैको लहै लहै मा लागि एस्ता चिप्स हरु निकाल्दा मोबाइल को ब्याट्रि र कार्य क्षमता मा ह्राश आउन सक्छ जस्ले गर्दा तपाईंले हजारौ खर्च गरेर किनेको मोबाइल वा ब्याट्रि काम नलाग्ने हुन सक्दछ त्यसैले सोसिएल मिडियामा आएका एस्ता हल्ला को पछी लाग्नु पूर्व एक पल्ट् नजिकै को मोबाइल बनाउने दक्ष ब्यक्ती सँग परामर्श लिएर मात्र केही गर्नु होला हामीले सुने झै अनी सोचे झै यदी स्यामसुङ् वा कुनै मोबाइल कम्पनी लाई हाम्रो ब्यक्तिगत विवरण हरु चोरि गर्ने मनासय हुने हो भने मोबाइल भित्र कै कुनै ठाउँ मा त्यस्लाई राख्न सक्छ ब्याट्रि मा राख्नु पर्ने जरुरत रहदैन ! यदी हजुर हरुलाई मेरो कुरामा विश्वाश लागेन भने गुगल मा गएर Where is NFC Chips In Mobile Battery भनेर सर्च गर्न सक्नुहुन्छ ! कृपया बुझ्दै नबुझी धेरै मानिसले मोबाइल बाट यस्ता चिप्स हरु निकालिरहेका छन त्यसैले यो सुचनालाई सक्दो सेयर गरेर आफ्नो साथी भाई अनी आफन्त को वाल सम्म पुराउन सहयोग गर्नु होस् जस्ले गर्दा कसैले ब्याट्रि भित्र को NFC चिप्स लाई जासुसी गर्ने चिप्स सम्झेर हटाउदा मोबाइल को ब्याट्रि लाई गुमाउन नपरोस !

एसिड प्रहारपछि सीमाको अठोट गायिका होइन राजनीति गरेर ३५ वर्षमा प्रधानमन्त्री बन्छु (भिडियो सहित)


हराएको अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, २ नेपाली र ६ अमेरिकी सैनिकको मृत्यु

लम्जुङ, १ जेठ । भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर आज सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ ।

नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त हेलिकप्टर खोजीका लागि नेपाली सेनाको पैदल फौजले त्यस ठाउँमा दुर्घटना भएको जानकारी पाएपछि सेनाकै दुई हेलिकप्टर त्यस क्षेत्रमा पठाइएको थियो ।
ती हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । सो हेलिकप्टरमा नेपाली सेनाका दुई र विदेशी छ जना सवार थिए । दुर्घटनासँगै हेलिकोप्टरमा सवार सबै सैनिकको मृत्यु भएको छ ।
उक्त दुर्घटनाग्रस्त इलाकामा नेपाली सेनाको पैदल फौज र मौसम अनुकूल भएमा हवाई साधन पठाइने तथा घटनाको थप विवरण प्राप्त हुनासाथ पुनः जानकारी गराइने निर्देशनालयले जनाएको छ ।

भूकम्पमा परी ५२ जनाको मृत्यु ( ताजा अपडेट)


आज २९ वैशाखमा गएको भूकम्पबाट रामेछापमा १६ जनाको मृत्यु भएको स्थानीय पत्रकार युनिक विफा घिसिङले जानकारी दिएका छन् । त्यसैगरी दोलखा सदरमुकाम चरीकोटमा १९ जनाको मृत्यु भएको पत्रकार दीलबहादुर केसीले बताए । केसीका अनुसार गाउँ गाउँमा भएको क्षतिको खबर अझै पुगेको छैन ।
रामेछापमा गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगेको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिए ।

सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उनले बताए ।
नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर:
नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर: @DoctorsForNepal को ट्वीटरबाट
सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
काठमाडौंको टेकु, मातातिर्थ र सामाखुशीमा एक-एकजनाको मृत्यु भएको छ भने ललितपुरको लेलेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मझुवामा १ र नेत्रकालिकामा १ जनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिवन १० सखेपोखरीमा सुखेपोखरी उच्चमावीको पर्खाल भत्किदा स्थानीय सुकमाया मगरको मृत्यु भएको स्थानीय पत्रकार विश्वनाथ ठाकुरले जानकारी दिए । घरबाट भाग्दै गर्दा स्कुलको पर्खालले च्यापिएर  रमेश मगर घाइते भएका छन् ।
इटहरीमा पनि एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले गर्दा काठमाडौंमा ७३ ललितपुरमा ७३ र भक्तपुरमा ३२ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते भएका छन्।
त्यस्तै सीतापाईलास्थित एउटा चार तले घर पूरै ध्वस्त भएको थाहा भएको छ भने काठमाडौंको साँखु क्षेत्रमा धेरै घरहरु भत्किएको जानकारी आएको छ । नयाँ बजारमा पनि ४ तले घर लडेको छ । उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको र स्थानीयको अनुमान छ । त्यहाँ सेना र प्रहरी उद्धारमा खटिइसकेका छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालका अनुसार सोलुखम्बुमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् । “सदरमुकाम सल्लेरीका धेरै घरहरु ढलेको हामीले देखिराखेका छौं, क्षतिको विवरण भने आएको छैन,” ढकालले भने ।
दोलखाको बोच गाविसमा रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव भक्तकुमारी लामाका अनुसार चारै तिर धुलो उडिरहेको छ, तुवाँलो लागेजस्तो छ । रामेछापमा ठूलो पहिरो गएको देखिएको पनि उनले बताइन् ।
भूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित मानिसहरु काठमाडौंका सडक र खुल्ला स्थानमा जम्मा भएका देखिन्छन् । भूकम्पबाट दोलखा, रामेछाप, सोलुखुम्बु र सिन्धुपाल्चोकमा धेरै क्षति भएको अनुमान गरिएको छ ।

महाभूकम्पपछि गोरखाको कहालीलाग्दो दृश्य, चारसय बढीको मृत्यु (भिडियोसहित)


लमजुङ, गोरखा, वैशाख १६ । शनिबार मध्यान्ह गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले गोरखामा ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
बुधबार बिहानसम्म ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भूकम्पको केन्द्रविन्दू रहेको बारपाकमा ६९ जनाको ज्यान गएको छ ।
सिम्जुङमा ७१, गुम्दामा ५१, लापुमा २६, लाप्राकमा
१९, हंसपुर,  खरिबोट र मुच्चोकमा  ५–५ जनाको ज्यान गएको छ  । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उद्घारका लागि ६ ओटा हेलिकप्टर परिचालन गरिएको छ ।

नेपाली सेना, मनाङ एअर, सिम्रिक एअर, श्रीएअर, भारतीय वायुसेवा निगमलगायतका हेलिकोप्टरले भूकम्पबाट घाइते भएकाहरुलाई उद्धार गरी पोखरासम्म पुर्‍याउने काम गरिरहेको छ ।
जिल्लाको बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजाँ लापु, उहिया, सिर्दिवास गाविस बढी प्रभावित भएका छन् । केरौंजा, काशीगाउँलगायत गाविसमा तीन सय जनाभन्दा बढी स्थानीयबासी अझै हराइरहेका छन् । बस्तीमाथि रहेको डाँडा भाँसिएपछि स्थानीयबासी सम्पर्कविहीन भएका हुन् ।
मनास्लु पदमार्गमा गएका पर्यटकहरु पनि सम्पर्कविहीन भएका जिल्ला दैविक प्रकोप उद्घार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए ।
लापु गाविसको भीरमा ६ जना विदेशी पर्यटकसहित २१ जनाको शव भेटिएको छ । छोप्राक, खोप्लाङ्ग, हर्मी, आँपपीपल, मीरकोट, धुवाँकोट, देउराली, लगायतका गाउँहरुमा राहत सामग्री बितरणमा ढिलाइ भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् ।
सदरमुकाममा रहेका उत्तरी गाविसका बासिन्दाका अनुसार अझै सयौँ घाइतेहरु दुर्गमका विभिन्न गाविसमा छट्पटाइरहेका छन् ।

गोरखाको बारपाकका १ सय २० जनाको २४ घण्टा पछि उद्धार शुरु

गोरखाको बारपाकका १ सय २० जनाको उद्धार

भुकम्पको केन्द्र विन्दु गोरखाको बारपाकका पीडितलाई २४ घण्टा पछि उद्धार शुरु गरिएको छ। आइतबार मध्यान्हदेखि नेपाली सेनाको हेलिकोप्टरले बारपाक, गुम्बु, जौबारी र खरिबोट गाविसका घाइतेहरुलाई पोखराका विभिन्न हस्पिटलहरुमा ल्याएर उपचार शुरु गरिएको छ। दिउँसोसम्म ३ खेपमा झण्डै एक सय जनालाई उद्धार गरेर पोखरा ल्याइएको जानकारी नेपाली सेनाका अधिकारीले दिएका छन्। सेनाले आइतबार करिब १ सय २० जनाको उद्धार गरेको छ।
अधिकांश घाइतेहरुको टाउको, हातखुट्टामा चोट लागेको छ । धेरैजसो घाइतेहरु बुढाबुढी, महिला र केटाकेटी छन् । दिदीको उपचारका लागि पोखरा आएका रणवीर गुरुङले बारपाकका १२ सय घर भत्किएको जानकारी दिए। भूकम्प गएको दिन शनिबार पानीसमेत परेको र हिँडेर वा गाडीमा जान असम्भव भएकाले आइतबार मात्रै उद्धार सम्भव भएको हो।

महाभूकम्पमा मर्नेहरुको संख्या ३३ सय बढी पुग्यो

काठमाडौ, वैशाख १४ - शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.६ रेक्टरको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५१ पुगेको छ । सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ ।

सोमबार अपरान्ह ११ बजे गृह मन्त्रालयले गराएको जानकारी अनुसार सिन्धुपाल्चोकमा ८७५, काठमाडौंमा ८०८, धादिंगमा २४७, नुवाकोटमा २४५, गोरखामा २२३, भक्तपुरमा २३२, काभ्रेमा १९१, ललितपुरमा १५५, रसुवामा १५०, दोलखामा ६५, रामेछापमा २९, मकवानपुर ३३, खोटाङमा १६ र ओखलढुंगामा १५ जनाले ज्यान गुमाएका छन् । मृतकहरुको संख्या थपिन सक्ने अनुमान गरिएको छ ।घाइतेको संख्या ६ हजार ८ सय ३३ रहेको अहिलेसम्मको विवरणमा उल्लेख छ ।  

२४ घन्टापछि काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसबाट एक युवकको जिवितै उद्दार

१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको २४ घन्टापछि काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसबाट एक युवकको जिवितै उद्दार गरिएको छ । भूकम्पका कारण पर्वत गेष्ट हाउस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पले भवन भत्किएपछि १६ वर्षका संजिव राणा भित्रै चेपिए । शनिबार दिनभर उनी भत्नावशेषमा थुनिए । आइतबार विहान उक्त भवनमा एक किशोर पुरिएको खबर आएपछि सशस्त्र प्रहरीको टोली गएको छ ।
सशस्त्रको विपत उद्दार डेक्सको टोली गयो । टोलीले थप सहयोग चाहिने भएपछि रेस्क्यु टीम समेत पुगेको थियो । सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सहयोगमा घरको ढलान समेत काटेर राणाको उद्दार गरिएको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यममा हेडलाइन नेपालको भूकम्प मात्र (फोटो फिचर)

१३ बैशाख, काठमाडौं ।
नेपालमा शनिबार मध्यान्नमा गएको महाभूकम्पले नेपाल मात्र होइन संसारभरी नै प्रभाव परेको छ । विश्वभरीका प्रमुख सञ्चार माध्यममा नेपालको भूकम्प प्रमुख हेडलाइन बनिरहेको छ ।
नेपालमा भएको भूकम्पको हताहतीको संख्या र यहाँको अवस्थाका तस्विर, समाचार स्टोरी र भिडियो समेत अनलाइन माध्यममा छ्याछ्याप्ति देखिन्छ ।
Earth Quake in world media 3
Earth Quake in world media 1Earth Quake in world media 2

Earth Quake in world media 5Earth Quake in world media 6Earth Quake in world media 7Earth Quake in world media 8


Earth Quake in world media 13

Earth Quake in world media
७ दशमलव ९ रेक्टर स्केलको यो भूकम्पले यतिबेला हेडलाइन् बनाएको छ । खासगरी नेपाल र भारतका दुवै सीमा क्षेत्रमा भूकम्पको प्रभाव देखिएका कारण भारतीय सञ्चार माध्यममा नेपालको भूकम्प मात्र समाचार बनिरहेको छ भने अन्तराष्ट्रिय अन्य सञ्चार मध्यमा पनि निक्कै ब्यापक कभरेज भैरहेको छ ।
Earth Quake in world media 11
अधिकाँश सञ्चार माध्यमले काठमाडौंको धरहरा पल्टिएको विषयलाई विशेष महत्व दिएका छन् भने राहत वितरण र खुला रात विताउन बाध्य भएका विषयलाई प्रमुख हेडलाइन बनाएका छन् ।
Earth Quake in world media 4
Earth Quake in world media 14
हरेक जसो अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको भूकम्पका कम्तिमा पनि ४-५ वटा छुट्टा छुट्टै हेडलाइन बनेको देखिन्छ ।
सामाजिक सञ्जाल साइटहरुले नेपालको भूकम्पलाई सबैभनदा बढी महत्व दिएका छन् ।
Earth Quake in world media 12
फेसबुक ट्वीटरले ‘Nepal Earthquake’ अर्थात नेपालमा भूकम्प भन्ने ट्रेण्डिङ गरिरहेका मात्र छैनन् फेसबुक र ट्वीटरबाटै सहयोग गर्न सक्ने ब्यवस्था गरेका छन् ।
Earth Quake in world media 16

Earth Quake in world media 9
फेसबुकले नेपालका सबै भन्दा काम लाग्ने नम्बरहरु आफ्नो पेजमा राखेको छ ।
Facebook Earthquake in Nepalभने चर्चित कलिङ र शेयरिङ साइट भाइवरले नेपालीहरुलाई भन्दै भाइवबर आउटमा समेत पैसा नलाग्ने गरी इन्टरनेट नचल्दा समेत निशुल्क कल गर्न सकिने ब्यवस्था गरेको छ ।
Viber Nepal Earthquake


छोरीको विवाहमा लालपुर्जा नै दाइजो

१० बैशाख, महोत्तरी ।
मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरीलाई छोरासरह सम्पत्तिको अधिकार दिइएको छ । तर, कानुन कार्यान्वयन नहुँदा अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् ।
विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा, भाँडाकुँडा नदिएर महोत्तरीका एक एमाओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएका छन ।
कानुनी रुपमा पाउने जग्गाको अंशियारीस्वरुप एमाओवादी नेता विदुर कार्की र सावित्रा कार्कीले आफ्नी छोरी मनीषा कार्कीलाई विवाहमा लालपुर्जा दिएका हुन् ।
तनहुँ शुक्लागण्डकी नगरपालिकाका अमर भट्टराईसँग प्रगतिशित विवाह गरेकी मनीषाले अंशबन्डास्वरुप १३ कट्ठा खेत र पाँच धुर घडेरीको लालपुर्जा पाएकी हुन् ।
गाउँले र जन्ती खचाखच भरिएको बिहे भएपनि बिहेघरमा जग्गे बनेन, बाजागाजा बजेनन्, कन्यादान पनि गरिएन् । आजको नयाँ पत्रिकामा खबर छ ।

३ महिनामा संसारकै १ नम्बर पोर्नस्टार मुस्लिम युवती (तस्विर सहित)

२१ वर्षकी मिया खलीफा नामकी लेवनानी मुलकी मुस्लिम युवती पोर्न अर्थात अश्लिल चलचित्रको दुनियाँमा प्रवेश गरेको ३ महिनमा संसारकै सबै भन्दा चर्चित नम्बर १ पोर्न स्टार बनेकी छिन् । तर उनी नम्बर १ बनेपछि उनलाई मार्ने धम्की आउन थालेको बेलायती पत्रिका डेली मिररले जनाएको छ ।


मिया संसारभरीका पोर्नस्टार मध्ये भोटिङबाट १ नम्बर बनेकी हुन् ।

एक बयस्कहरुका लागि सामग्री दिने वेवसाइटले गराएको सर्वेक्षणमा उनी संसारकै सबै भन्दा चर्चित पोर्नस्टार घोषित भएकी थिए ।

उनी १ नम्बर बनेपछि उनलाई विभिन्न ब्यक्तिले मार्ने धम्की दिएको मिररले जनाएको छ । खासगरी मुस्लिम दुनियाँमा उनी

यिनले ट्वीटरमा आफ्नो एक अरवी अक्षर भएको ट्याटू सहितको तस्विर समेत सार्वजनिक गरेपछि मुस्लिमहरु बढी नै रिसाएका छन् । उनको ट्याटुमा लेवनानको राष्ट्रगान छ ।

एका एक हंगामा गरेकी यी युवतीलाई मार्ने धम्कीले भने तनाव दिएको छ ।

हाम्रो फेवाताल सफा गर्दै विदेशी पर्यटक (फोटो फिचर)


लमजुङ,पोखरा : स्थानीयबासीले जथाभावी फोहर फालेर कुरुप बनाएको फेवा तालको सफाइमा विदेशी पर्यटक जुटेका छन् ।फेवाताल वरपरका बासिन्दाले जथाभावी फालेका प्लाष्टिकसहितका फोहर टिप्न सात समुद्र पारीबाट आएका पर्यटक जुटेका हुन् ।
भारतको ऋषिकेशबाट एक महिने योग प्रशिक्षण लिन आएका एक हुल पर्यटकले बुधबार बिहान प्लाष्टिक र अन्य फोहर टिपेको दृश्य स्थानीयले लाज नमानीकन हेरिमात्र रहे।  १५ देशका ४० जना पर्यटकहरुले ‘नो प्लास्टिक लेक’ साइडको नारासहित फेवा ताल सफाइ अभियान चलाएका हुन् । 




बेलायतमा यसरी पर्यो दिउँसै रात (सूर्यग्रहणका फोटोफिचरसहित)


  • बेलायत र उत्तरी युरोपका हज्जारौँ मानिसहरुले यो वर्षको सबैभन्दा उत्कृष्ट सूर्यग्रहणको अनुभव गर्ने मौका पाएका छन् ।



सूर्य ग्रहणमा पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आउने भएका कारण पृथ्वीको केहि भाग अँध्यारो हुने गर्दछ । बेलायतको आकाश नेपाली समयअनुसार दिउँसो २ बजेर ९ मिनेट (स्थानीय समय ८ः२४) देखि अँध्यारो हुन सुरु गरेको थियो । जतिजति चन्द्रमा पृथ्वी र सूर्यको बिचमा आयो त्यति नै पृथ्वी उज्यालोबाट अन्धकारतिर धकेलियो । सबैभन्दा अँध्यारो नेपाली समयानुसार ३ बजेर १५ मिनेट ( स्थानीय समय ९ः३०)मा भएको थियो ।

डेली मेलका अनुसार त्यतिबेला सूर्यको सबैप्रकाश लगभग सबै लुकेको थियो, लगभग दिउँसै रात भएको थियो । तर मानिसहरुले भने आँखालाई हानी हुने भन्दै यस्तो लोभलाग्दो दृश्यलाई आफ्नो नाङ्गो आँखाले हेर्ने आँट गरेनन् । ग्रहणका कारण हेब्राइड्समा सूर्य अदृश्य अवस्थामा थियो भने लिभाइसको इजलमा सूर्यग्रहणको प्रभाव ९८ प्रतिशत परेको थियो त्यस्तै फारोइ आइल्याण्डमा भने पूर्ण सूर्यग्रहण लागेको थियो ।

तर आकाशमा बादलको मात्रा धेरै भएका कारण बेलायतका थुप्रै स्थानीयहरुले सूर्यग्रहणको केहि पनि देख्न पाएनन् जुन अबका थुप्रै दशकसम्म देख्न पाइन्न ।

बिगत पाच महिना अगाडी मलेशियाको जोहोर बारुमा रहेकि जे सी वाई कम्पनीमा आएकी चिनी माया तामाङ् लाई सरिरको दाहिने ओभरिमा क्यान्सर जस्तो रोगले गर्दा मिर्तुको मुखमा रहेकी छिन ! सहयोग गर्नको लागि तलको लिंक मा क्लिक गरि हेर्नु होला धन्यवाद !



बिगत पाच महिना अगाडी मलेशियाको जोहोर बारुमा रहेको जे सी वाई कम्पनीमा आएकी चिनी माया तामांग अहिले उपचाररर्थ गर्ने क्रममा सरिरको दाहिने ओभरिमा क्यान्सर जस्तो रोगले गर्दा मिर्तुको मुखमा रहेकी छिन ! हाल कम्पनीले साधारण उपचार मात्र गरेको र राम्रो उपचारको लागि घरको आयेशोर्त कमजोरी भएकोले उनको जीवन रक्षाको लागि सम्पूर्ण पर्वाशी नेपाली दाजु भाई तथा दिदीबहिनी हरुमा सहयोगको याचना गरेको छिन ! भर्खर चौबिश ( २४ ) वर्षकि चिनी माया तामांग सिन्धुपाल्चोक ठुलो सिरुवाली गाबिश ५ मा स्थाई बसोबश रहेकी उनि मलेशियामा उपचार गर्नको लागि पचिश हजार रिंगेट ( २५,००० ) नेपाली लगभग सात लाख पचहत्तर हजार ( ७,७५,००० ) भन्दा माथि उपचार खर्च लाग्ने अर्थात् छ महिना नियमित औसधि खानु पर्ने तर नेपालमा पाच लाख ( ५,००,००० ) रुपियामा उपचार सम्भब रहेको कुरा उनले बताएकी छिन तेसैले उनको उपचारको लागि सम्पूर्ण प्रवाशीजन दाजुभाई तथा दिदीबहिनी हरुले सहयोग गरिदिन हुन् उनले टेस्को नजिकै सुल्तान स्माइल हस्पिटलमा रहेको बेडबाट रुदै आर्थिक सहयोग गरिदिन हुन् अनुरोध गरेकी छिन ! हाल सम्म उनले बिगत पाच महिना देखिको कमाएको सबै पैसा उपचारमा मात्र खर्च भएको ले नेपाल फर्किन र उपचार गर्न कुनै रकम नहुदा बिचल्लीमा परेकी छिन हिजोका दिनमा जसरि प्रवाशी दाजुभाई तथा दिदि बहिनीहरुमा सरसहयोग ले साथ पाएको थियो उस्तै गरि सहयोग गरि उनको जीवन बचाऔं ! पहल गरूँ !!
हामी सबै नेपाली हुनुको नाताले चेली मायिति को नाताले सारा पर्वाशी नेपाली साराले .. !
उनलाई आर्थिक सरसहयोग गर्नको लागि निम्न खातामा पैसा पठाउन सक्नुहुनेछ !
------------------------------------------------------------------------------------- सीआईएमबि बैंक खाता नम्बर : ०१०२५०३१९६३५२८ नाम ठाकुर पराजुली मे बैंक खाता नम्बर : १५१५७५-२३५५९७ भिष्मराज योंगहाङ्ग -------------------------------------------------------------------------------------- सम्पर्क नम्बरहरु
चिनी माया तामांग : ०१६-६८७२२४८ एक्क बहादुर तामांग : ०१४-१९०७६५५२ भिष्मराज योंगहाङ्ग : ०१०-६६५१९३४ हेम चन्द्र राई वाम्बुले : ०१६-७६२५४१६ ठाकुर पराजुली : ०१४- ६१०६१४५
सहयोग गर्न इच्छुक सबैले मेरो मोबाईल मा सम्पर्क गर्नु होला/
तस्वीर: बिगत पाच महिना अगाडी मलेशियाको जोहोर बारुमा रहेको जे सी वाई कम्पनीमा आएकी चिनी माया तामांग अहिले उपचाररर्थ गर्ने क्रममा सरिरको दाहिने ओभरिमा क्यान्सर जस्तो रोगले गर्दा मिर्तुको मुखमा रहेकी छिन ! हाल कम्पनीले साधारण उपचार मात्र गरेको र राम्रो उपचारको लागि घरको आयेशोर्त कमजोरी भएकोले उनको जीवन रक्षाको लागि सम्पूर्ण पर्वाशी नेपाली दाजु भाई तथा दिदीबहिनी हरुमा सहयोगको याचना गरेको छिन ! भर्खर चौबिश ( २४ ) वर्षकि चिनी माया तामांग सिन्धुपाल्चोक ठुलो सिरुवाली गाबिश ५ मा स्थाई बसोबश रहेकी उनि मलेशियामा उपचार गर्नको लागि पचिश हजार रिंगेट ( २५,००० ) नेपाली लगभग सात लाख पचहत्तर हजार ( ७,७५,००० ) भन्दा माथि उपचार खर्च लाग्ने अर्थात् छ महिना नियमित औसधि खानु पर्ने तर नेपालमा पाच लाख ( ५,००,००० ) रुपियामा उपचार सम्भब रहेको कुरा उनले बताएकी छिन तेसैले उनको उपचारको लागि सम्पूर्ण प्रवाशीजन दाजुभाई तथा दिदीबहिनी हरुले सहयोग गरिदिन हुन् उनले टेस्को नजिकै सुल्तान स्माइल हस्पिटलमा रहेको बेडबाट रुदै आर्थिक सहयोग गरिदिन हुन् अनुरोध गरेकी छिन ! हाल सम्म उनले बिगत पाच महिना देखिको कमाएको सबै पैसा उपचारमा मात्र खर्च भएको ले नेपाल फर्किन र उपचार गर्न कुनै रकम नहुदा बिचल्लीमा परेकी छिन हिजोका दिनमा जसरि प्रवाशी दाजुभाई तथा दिदि बहिनीहरुमा सरसहयोग ले साथ पाएको थियो उस्तै गरि सहयोग गरि उनको जीवन बचाऔं ! पहल गरूँ !! हामी सबै नेपाली हुनुको नाताले चेली मायिति को नाताले सारा पर्वाशी नेपाली साराले .. ! उनलाई आर्थिक सरसहयोग गर्नको लागि निम्न खातामा पैसा पठाउन सक्नुहुनेछ ! ------------------------------------------------------------------------------------- सीआईएमबि बैंक खाता नम्बर : ०१०२५०३१९६३५२८ नाम ठाकुर पराजुली मे बैंक खाता नम्बर : १५१५७५-२३५५९७ भिष्मराज योंगहाङ्ग -------------------------------------------------------------------------------------- सम्पर्क नम्बरहरु चिनी माया तामांग : ०१६-६८७२२४८ एक्क बहादुर तामांग : ०१४-१९०७६५५२ भिष्मराज योंगहाङ्ग : ०१०-६६५१९३४ हेम चन्द्र राई वाम्बुले : ०१६-७६२५४१६ ठाकुर पराजुली : ०१४- ६१०६१४५ सहयोग गर्न इच्छुक सबैले मेरो मोबाईल मा सम्पर्क गर्नु होला/

डिजेल बोक्ने ट्याङकरमा मट्टीतेल

 
रुपन्देही, ३ जेठ (ओएनएस) : नेपाल आयल निगमको भलवारी डिपोबाट पेट्रोलीय पदार्थ लिन भारतको बैतलपुर जानको लागि अनुमती पत्र (पिडीओ) नलिएका र खाली भनिएका ट्याकंरमा मट्टीतेल भेटिएको छ ।  
डिजेल चोरी गर्दागर्दै गत वैसाख १६ मा रुपन्देहीको पडसरीबाट रङ्गेहात पक्राउ परेका लु १ खा ८२८२ र लु १ ख २७९२ नम्बरको ट्याङकरमा मट्टीतेल भेटिएको हो । यी ट्याङकरहरुले पेट्रोलीयम पदार्थ ढुवानीको लागि निगमबाट दिइने ढुवानी अनुमती पत्र लिएका छैनन् । 
पक्राउ गरिएका १९ ट्याङकरहरुको तेल नापजाँच गर्ने क्रममा यी दुई ट्याकंरमा मट्टीतेल भेटिएको आयल निगम भलवारी शाखाका सहायक प्रबन्धक दिपक प्रसाद घिमिरेले बताए । 
पक्राउपछि अञ्चल प्रहरी कार्यालयमा राखिएका यी ट्याकंरहरु शुक्रवार प्रहरी, जिल्ला प्रशासन, बाणिज्य, नापतौल तथा गुणस्तर प्रयोगशाला, नेपाल आयल निगमका कर्मचारी, उद्योग वाणिज्य संघ सिद्धार्थनगरका प्रतिनिधि सहितको टोलीले तेलको नापजाँच गरेको थियो । 
खाली भनीएको ट्याङकरमा मट्टीतेल भेटीनु शंकास्पद हुने भन्दै पेट्रोलमा मिसावट गरेकोमा कडाभन्दा कडा कारबाही हुने एक कर्मचारीले बताए । 
पक्राउ परेका १९ ट्याङकर मध्ये ४ बटा खाली भेटिए । अन्य १३ वटाको प्रारम्भीक गुणस्तर परीक्षण पछि थप अनुसन्धानको लागि केन्द्रीय गुणस्तर विभागमा नमुना पठाइएको छ । रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले शुक्रबारबाट सुरु भएको मापन तथा नाप जाँचको प्रारम्भिकमै कैफियत देखिसकेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाए । 
प्रहरीले ट्याङकरसहित चालक र सहचालक लगायत २२ जना, नेपाल आयल निगमको क्षेत्रीय प्रबन्धक नागेन्द्र कुर्मीसहित अन्य दुई अधिकृत, पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका पूर्वअध्यक्ष हरी बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ । रुपन्देही प्रहरीले वैशाख १९ गते उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठसहित १६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf