Home » » अपडेट : भुकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै (फोटोसहित) काठमाडौंको बसन्तपुर दरबार ध्वस्त

अपडेट : भुकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै (फोटोसहित) काठमाडौंको बसन्तपुर दरबार ध्वस्त

लमजुङ,वैशाख १२ – ७.५ रेक्टर स्केलको शक्तिशाली भुकम्प जाँदा देशभर ठुलो जनधनको क्षति भएको छ । प्राप्त समाचारअनुसार राजधानीको जनमैत्रि अस्पतालमा उपचारका लागि पु¥याईएका चार जनाको मृत्यु भएको छ ।IMG_5691
बालाजुस्थित पिपल्स अस्पतालमा उपचारका क्रममा एकको मृत्यु भएको छ, भने ज्ञानेश्वरस्थित हिमाल हस्पिटमा चार जनाको मृत्यु भएको छ ।
राजधानीको शान्तिनगर गेट भत्कँदा माईक्रोमा यात्रा गरिरहेका तीन यात्रुको घटनास्थलमै मृत्यु भएको छ । अचानक भुकम्प जाँदा भत्केको शान्तिनगर गेटले गुडिरेहेको माईक्रोलाई किचेको थियो ।
ऐतिहासिक धरहरा भत्कँदा करिब पचास जनाभन्दा बढी मानिसहरु पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै राजधानीको बसन्तपुर दरबार पनि ध्वस्त भएको छ । बसन्तपुर दरबार क्षेत्रमा कति मानिसको मृत्यु भएको यकिन तथ्य हालसम्म बाहिर आउन सकेको छैन ।
त्यस्तै थापाथलीको कालमोचन मन्दिर पनि पुरै ध्वस्त भएको एक स्थानीयले जानकारी दिए ।IMG_5669
काठमाडौंकै कपनमा एक गुम्वा भत्कँदा दुई जनाको मृत्यु भएको छ । हाम्रा सहकर्मीकाअनुसार भुकम्प आएका बेला भाग्ने क्रममा उनीहरुको मृत्यु भएको थियो ।
त्यस्तै भुकम्पका कारण भक्तपुरमा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
हाम्रा सहकर्मीकाअनुसार विराटनगरमा हालसम्म चार जनाको मृत्यु भएको छ । त्यस्तै भोजपुरमा एक जनाको मृत्यु भएको छ ।
गोर्खाको बोर्लाङमा एक सय वटा घर भत्केका छन् भने ८० वर्षीय वृद्धको मृत्यु भएको छ ।
रसुवामा १७ जनाको मृत्यु भएको छ । नुवोकाटमा ६ जना, रामेछापमा ७ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको बताईएको छ ।IMG_5660IMG_5657IMG_5738IMG_5697IMG_5723


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf