Home » » नेपालमा विवाहइतरका सम्बन्धमा बृद्धि, आपराधिक घटना समेत बढ्यो !

नेपालमा विवाहइतरका सम्बन्धमा बृद्धि, आपराधिक घटना समेत बढ्यो !

काठमाडौं, चैत्र २९ । रोजगारीका लागि विदेशिने क्रमसँगै नेपालमा विवाहइतरका सम्बन्ध वढेको र यसले आपराधिक घटनाको रुप लिन थालेको प्रहरीले जनाएको छ ।
श्रीमान वा श्रीमती बैदेशिक रोजगारीमा हुनेहरुले  अन्यत्र सम्बन्ध कायम गर्नेक्रम वढेको र यसले सामाजिक समस्या वढाएको प्रहरीले जनाएको छ ।

आजपत्रकार सम्मेलन गरी महानगरीय प्रहरी परिसर हनुमान ढोकाले बैदेशिक रोजगारीको क्रममा विदेश गएकाहरुका श्रीमान वा श्रीमतीले विवाहइतरको सम्बन्ध कायम गर्नेक्रम वढेको र यस्तो सम्बन्धले जटिल मोड लिएपछि मात्र घटनाबाहिर आउने गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम कार्कीले सहमति बनुन्जेल यस्ता सम्बन्धहरु कायमै रहने र सम्बन्ध विग्रिएपछि जवरजस्ती करणीजस्ता मुद्दाहरु बाहिर आउने गरेको बताए ।
उनले ‘लिभिङ टुगेदर’ संस्कृतिकै रुपमा फस्टाउन थालेको र कलिलै उमेरमा यौन सम्बन्ध कायम राख्नेहरुको संख्या वढेको भन्दै यस्ता सम्बन्धमा समस्या आएपछि जवरजस्ती करणीका मुद्दाहरु बाहिर आउने गरेको दावी गरे ।
लिभिङ टुगेदर र किशोर–किशोरीबीचको सम्बन्ध अभिभावकसम्म पुगेपछि समस्या हुने र जवरजस्ती करणीका ५० प्रतिशत घटना यही कारणले बाहिर आउने पनि कार्कीले बताए ।
महानगरीय प्रहरी परिसरले उपत्यकामा १ हजार जना पेशेवर चोरहरु रहेको र उनीहरुका लागि उचित पुनस्र्थापनाको ब्यवस्था आवश्यक भएकोमा समेत जोड दिएको छ ।
धेरै जसो आपराधिक घटनाहरु शुक्रवार साझ ६ बजे देखि राती १२ बजेसम्म हुने गरेको पनि प्रहरीले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf