Home » » नेपालमा भयानक भुइचालो, ७.९ रेक्टर स्केलको भुकम्पले पुरै नेपाल हल्लियो

नेपालमा भयानक भुइचालो, ७.९ रेक्टर स्केलको भुकम्पले पुरै नेपाल हल्लियो

१२ वैशाख, लमजुङ। अमेरिकी जिओग्राफिकल सर्वेका अनुसार भुकम्पको तीब्रता ७.९ रेक्टर स्केल मापन गरिएको छ। भुकम्प लमजुङ जिल्लाको ३५ किलोमिटर पर रहेको छ। भुकम्पको गहिराही १५ किलोमिटर रहेको छ। भुकम्पको निकै शक्तिशाली भएकाले व्यापक क्षतिको अनुमान गरिएको छ। भुकम्पले काठमाडौंको धरहराको ढलेको बताइएको छ तर यसको पुष्टी भएको छैन्। राजधानी काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का गएको छ। प्रारम्भिक जानकारी अनुसार भुकम्प ७.४ रेक्टर स्केलको भएको र नेपालमै केन्द्र गरि गएको बताइएको छ । भुकम्पको धक्का लगातार मिनेटसम्म महसुस भएको छ। भुकम्प करिब ११ बजेर ५६ मिनेटमा गएको हो। भुकम्पपछी मानिसहरु सडकमा निक्लिएका छन्। भुकम्पको निकै शक्तिशाली भएकाले क्षति भएको अनुमान गरिएको छ तर क्षतिको विवरण आइसकेको छैन्। मानिसहरुले यति ठुलो भुकम्प कहिल्यै महसुस नगरेको बताएका छन्। मानिसहरुले सामाजिक सञ्जालमा समेत अब यस्तो अनुभव कहिल्यै गर्न नपरेोस भन्दै लेखेका छन् ।













Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf