Home » » हूती विद्रोही यमनको अदन सहर कब्जाका लागि अगाडि बढ्यो

हूती विद्रोही यमनको अदन सहर कब्जाका लागि अगाडि बढ्यो

काठमाडौं, चैत्र २३ । साउदी अरबको नेतृत्वमा लगातार हवाई आक्रमण भइरहेपछि हूती विद्रोही यमनको अदन सहर कब्जाका लागि अगाडि बढिरहेको खबर छ ।

विद्रोही लडाकूहरु सहरका आगो लगाउँदै अगाडि बढेका छन् । राष्ट्रपति मन्सूर हादीका सेना र विद्रोहीबीच लडाइँ झन् तीव्र बनिरहेको छ । लगातार लडाइँ हुन थालेपछि विभिन्न देशले यमनबाट आफ्ना नागरिक फिर्ता ल्याइरहेकाछन् ।


अदन सहरमा सर्वसाधारणको अवस्था अत्यन्तै नाजुक बनेपछि गठबन्धन सेनाले रेडक्रसलाई यमनी नागरिकको सहायताका लागि अत्यावश्यक चिजहरु विमानबाट लैजान अनुमति दिएको छ । शनिवार रेडक्रसले २४ घन्टाका लागि युद्धविराम गर्न अपील गरेको थियो ।

बहरभर दोहोरो चेपमा परेका सर्वसाधारणको शवहरु यत्रतत्र रहेको खबर छ । रेडक्रिसेन्टकै तीन स्वयंसेवक मारिएका छन् । अदनमा मात्रै मार्च २६ यता मात्रै सयौं व्यक्ति मारिइसकेका छन् ।

राष्ट्रसंघले पछिल्लो दुई हप्तामा मात्रै पाँच सय व्यक्ति मारिइएको दाबी गरेको छ । (एजेन्सी) 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf