Home » » कागती, लसुन, पानी, सागसब्जी प्रयोग गर्नुहोस्, आफ्नो मोटोपना घटाउनुहोस्

कागती, लसुन, पानी, सागसब्जी प्रयोग गर्नुहोस्, आफ्नो मोटोपना घटाउनुहोस्


खानपानमा ध्यान नदिदा, तथा शारिरीक व्यायामको कमीले गर्दा मोटोपना बढ्ने गर्दछ। शरीर मोटो भएमा हिड्डुल गर्न तथा काम गर्न समेत गाह्रो पर्दछ। बढी मोटो देखिएमा शरीरको बनावट समेत नराम्रो र भद्दा देखिन्छ। जो कोहिलाई पनि आफ्नो शरीर सिलीम र चिटिक्क परोस भन्ने हुन्छ। आज हामी तपाईलाई मोटो र भद्दा पनालाई हटाएर शरीरलाई सिलीम गर्ने केहि उपायका बारेमा जानकारी दिएका छौ:
1) विहान कागती पानीको प्रयोग 
विहान कागती र पानी पिउने गर्नुहोस। पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ। तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस्। यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ।
 2) खैरो चामलको भात खानुहोस्
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्। त्यसको स्थानमा खैरो चामलको भात खानुहोस्। यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस्। खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला ?
3) गुलियोबाट टाढा रहनुहोस्
यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस्। मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस्। यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ। यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन्।
4) पानी धेरै पिउनुहोस्
पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस्। यो निकै लाभदायी हुनेछ। नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ। यसबाट शरीर स्वस्थ रहन्छ।
 5) काँचो लसुन खानुहोस्
बिहान काँचो लसुन खाने बानी गर्नुहोस्। यसले शरीरलाई निकै फाइदा पनि गर्छ। बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ। यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ। यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ।
 6) मांसाहारबाट टाढै रहनुहोस्
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ। यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन्। यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस्।
7) धेरै सागसब्जी खानुहोस्
खानामा फल र सागसब्जी सामेल गर्नुहोस्। बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ।
8) खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस्। दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस्। यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ।
9) बदामको प्रयोग गर्नुहोस्
बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ। यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ। यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf