Home » » प्रभावशाली सूचीमा मलाला पुरा बिबरण सहित्

प्रभावशाली सूचीमा मलाला पुरा बिबरण सहित्

काठमाडौ, वैशाख ५ - सामाजिक, राजनीतिक, व्यवसायिकसहित विभिन्न क्षेत्रका प्रभावशाली व्यक्ति समेटेर टाईम म्यागेजिनले यो बर्षको प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेकाे छ । विभिन्न चार विधामा छुट्याएर छानिएका प्रभावशाली व्यक्तिको सूचीमा अमेरिकी र्‍यापर केनी वेस्टदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत छन् ।
नोबेल शान्ति पुरस्कार विजेता १७ वर्षीया मलाला युसुफजाई यो बर्ष पनि टाईमको प्रभावशाली व्यक्तिको सूचीमा अटाएकी छन् । उनी सूचीकी सबैभन्दा कान्छी सदस्य हुन् । उनी यसअघि सन् २०१३ मा पनि यो सूचीमा परेकी थिइन् । अघिल्लो बर्ष टाईमले तयार पारेको विश्वको प्रभावशाली २५ किशोरीमा उनी थिइन् । सन् २०१२ मा उनी टाईमको बर्ष व्यक्ति सूचीमा मनोनयन भएकी थिइन् ।
प्रभावशाली व्यक्तिको सूचीमा ओस्कार विजेता कमेडियन कलाकार लार्ने मिचेल, अमेरिकी व्यापारी महिला मेलोडी हब्सन, एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक परेका छन् । टाइटन, पायोनियर, आर्टिस्ट, लिडर र आइकनविधामा छानिएका संसारभरका प्रभावशाली व्यक्तिबारे तिनलाई चिन्ने व्यक्तिले लेखेका छन् ।
सूचीमा परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे अमेरिकी राष्ट्रपति बाराक ओबामाले लेखेका छन्,'सोना छदा नरेन्द्र मोदीले परिवार पाल्न चिया बेच्ने बाबुलाई सघाएका थिए, आज उनी विश्वकै ठूलो प्रजातन्त्रिक मुलुकको नेतृत्व सम्हाल्दैन् । मोदीको गरिबीदेखि प्रधानमन्त्रीसम्मको यात्राले भारतको उदयको गतिशिलता र सम्भाव्यता देखाउँछ ।'
अमेरिकी नेतालाई खरो प्रश्न सोधेर जनताकाे मन जितेका कार्यक्रम प्रस्तोता जोर्गे रामोस लिडर विधाको सूचीको अग्रस्थानमा छन् । उनसँगै भारतीय प्रधानमन्त्री मोदी र जर्मनी चान्सलर एन्जेला मर्केल छन् ।
प्रभावशाली व्यक्तिको सूचीमा परेका रुसी राष्ट्रपति भ्लादिमिटर पुटिनबारे टाईमका विदेश नीति पत्रकार इयान ब्रेमरले लेखेका छन्,'कोही नेताले उनले जस्तो मोह सिर्जना गर्न सक्दैनन् किनकी उनको हरेक क्रियाले हुंकारको भाषा बोल्छ जुन धेरै मान्छेहरु सुन्न चाहन्छन् । यसैले उनलाई लोकप्रियताको शिखरमा पुर्‍याएको छ जुन अन्य नेताले ईष्र्या मात्रै गर्न सक्छन् । पुटिन कहिलेसम्म सर्वोच्च पदमा बसिरहन्छन् ? तर उनको विपक्षमा अहिले नै बाजी नराखौं ।'
लिडर सूचीमा अफगानी फस्ट लेडी रुला घानीसँगै चिनियाँ राष्ट्रपति सि जिङपिङ पनि छन् । सीको बारेमा अष्ट्रेलियाका पूर्व राष्ट्रपति केभिन रुडले लेखेका छन्,'उनी डेङ जियोपिङपछिको प्रभावशाली राष्ट्रपति हुन्छन् भन्ने मेराे अनुमान थियो तर उनी माओपछिको सबैभन्दा शक्तिशाली नेता बने । '
चिनियाँ स्मोर्टफोन उत्पादक जियोमीका मालिक ली जुङसहित वातावरण संरक्षणकी अभियन्ता पत्रकार चाईं जिङ, चिनियाँ साइबर स्पेस प्रशासनप्रमुख लु वेई सूचीमा अटाएका छन् ।
प्रकाशित मिति: २०७२ वैशाख ५ ०२:१८ 

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf