तपाइँले सुन्दरी प्रतियोगिताहरुमा वा फेशन शो मा सुन्दरीहरुले र्याम्पमा हिँडेको देख्नु भएको होला तर हजारौं फुट अग्ला पहाडमा क्याट वाक त्यो पनि विकिनी लगाएर गरेको चाँहि सायदै देख्नु भएको होला ।चीनको हेनान प्रान्तमा यस्तै दृष्य देखियो ।






चीनको हेनान प्रान्तको एक पहाडको चुचुरोमा केवल विकिनी मात्र लगाएर क्याटवाक गरे ।
यस्तो उचाइमा पुग्न मानिसहरु धेरै पटक सोंच्छन् तर मोडलहरु भने विकिनी लगाएर अग्ला हिलमा विकिनी शो गर्दै थिए । यी प्रतियोगीहरु चीनमा विकिनी अप यूनिभर्स कन्टेस्टमा सहभागी भएका हुन् ।यो पहाड जमिनबाट समेत २ हजार मिटरको उचाइमा छ । यो प्रतियोगितालाई संसारकै अग्लो ठाउँमा गरिएको क्याटवाक समेत भनिएको छ ।