काठमाडौं, वैशाख २ । जापानको हिरोशिमा विमानस्थलमा अवतरणका क्रममा एक जहाज धावनमार्गबाट चिप्लिँदा २० जना यात्रु घाइते भएका छन् ।
दक्षिण कोरियाको इन्छन विमानस्थलबाट उडेको एसियाना एअरलाइन्सको एअरबस ‘ए ३२०’ जहाज अवतरण गर्न लाग्दा धावनमार्गबाट चिप्लिएको हो । जहाजमा ७४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए ।
जहाज ‘रनवे’बाटचिप्लिएपछि इन्जिनमा आगो लागेपनि यात्रुलाई आकस्मिक ढोकाबाट बाहिर निकालिएको थियो । जहाज चिप्लनुको कारणबारे अनुसन्धान थालिएको जनाइएको छ । (एजेन्सी)