Home » » साउदी अरेबियाले यमनमा हवाई आक्रमण रोक्यो

साउदी अरेबियाले यमनमा हवाई आक्रमण रोक्यो

साउदी अरेयिबा, वैशाख ९ - साउदी अरेयिबा नेतृत्वको गठबन्धनले यमनी विद्रोही समूहमाथि सुरु गरेको हवाई आक्रमण सकिएको घोषणा गरेको छ । साउदी अरेबियाको सरकारी टेलिभिजनमा प्रशारण भएको रिपोर्टमा उद्देश्य पूरा भइसकेकाले हवाई आक्रमण रोकिएको बताइएको छ ।
यमनको हुती विद्रोही समूहविरुद्ध साउदी अरेबियाले नेतृत्वको गठबन्धनले एक महिनादेखि यमनमा हवाई आक्रमण गरेको थियो । मंगलबार भएको अन्तिम हवाई आक्रमणमा कम्तिमा ३० जना मारिएका छन् तिमध्ये अधिकांश सर्वसाधारण हुन् ।
सुरक्षा स्रोत र स्थानीयको भनाई अनुसार मंगलबार हुती विद्रोही समूहलाई लक्षित गरी इब सहरको एउटा पुलमा गरिएको आक्रमणमा कन्तिमा २० जना मारिएका थिए । अन्य नौ जना साउदी बोर्डर नजिकैको हराद सहरमा मारिएका थिए ।
पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह समर्थक हतियारधारी विद्रोहीले वर्तमान राष्ट्रपति अब्द्राब्बु मन्सुर हदीलाई घरमै नियन्त्रणमा राख्दै जनबरीदेखि राजधानी सानामा कब्जा जमाएपछि यमनमा राजनीतिक संकट निम्तिएको हो ।
विद्रोहीबाट फुत्किएर राष्ट्रपति हदी साउदी अरेबियाको शरण लिन पुगेका थिए । उनकै अनुरोधमा अरेबिया नेतृत्वको गठबन्धनले यमनमा हवाई आक्रमण थालेको थियो । साउदी अरेबियालाई बहराइन, कतार, यूएई र ओमानले साथ दिएका थिए ।
साउदी अरेबियाले हवाई आक्रमण थालेपछि विभिन्न देशले यमनमा रहेका आफ्ना नागरिकको उद्दार गरेको थियो । भारत सरकारको सहयोगमा यमनमा रहेका १९ नेपालीहरुको उद्दार गरिएको थियो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf