Home » » टिभि हेर्न बोलाएर पाचँ वर्षिया बालिकालाई बलत्कारनेपालमा बढ्यो बलात्कार घटना ,, पोखरा

टिभि हेर्न बोलाएर पाचँ वर्षिया बालिकालाई बलत्कारनेपालमा बढ्यो बलात्कार घटना ,, पोखरा

पोखराकी ५ वर्षिया बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्दै कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्याङजा मनकामना गाविस ३ घर भै हो पोखरा १५ बस्ने १८ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बलात्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए।
गुरुङले बालिकालाई टिभि हेर्न आफ्नो कोठामा बोलाएर मिठाइ खान दिइ जवरजस्ती करणी गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ। 
त्यसै गरि पोखरा १६ वर्षीय एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवन कठार घर भै हाल पोखरा १७ डेमसाईड बस्ने १८ वर्षीय  सेरी जोवा चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।
स्रोत 
ज्ञान बाढ्नुठुलो धर्म हो आफ्नो साथी तथा आफन्तलाई पनि जानकारी गराऊन share गर्नु हुन अनुरोध का साथै अन्य समाचार तथा हेल्थ टिप्स को जानकारी थाहा पाउन एस ALL TENSION PAGE LIKE गर्न बिनम्र अनुरोध गरिन्छ
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf