लमजुङ, कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेटको अर्को क्रुरता बाहिर आएको छ । तस्बिरसहित सार्वजनिक भएको समाचारमा आइएसले एकजना मानिसलार्इ खसीझैँ गिंडेको छ ।
आइएसले सिरियाको हामा शहरमा एक व्यक्तिको क्रुरतापूर्वक सयौं मानिसका अगाडि खसीलार्इ झैं काटेर ज्यान लिएका हुन् ।
खसीझैं गिंडिने गरी ती ब्यक्तिले गरेको इश्वरलार्इ गाली गरेको आरोप आइएसले लगाएको थियो । इश्वरको निन्दा गरेकैले ती ब्यक्तिको शिर काटिएको आइएसको दाबी छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा कथित इश्वरको निन्दा गरेको आरोपमा ती ब्यक्तिको आँखामा पट्टी बाँधेर अचानोमा राखिएको छ ।

दुबै हात पछाडि बाँधिएका उनलार्इ आइएसका एक सदस्यले खसीलार्इझैँ 'मार' हानिरहेका छन् । एक हातमा मासु काट्ने ठूलो खुँडा बोकेका एक व्यक्ति उनलार्इ छिनाउन तम्तयार भएको तस्बिरले उनीहरुको क्रुरता देखाइरहेको छ ।
आधुनिक हतियार बोकेका आइएसका लडाकूको घेराबीचमा उनको क्रुरतापूर्वक ज्यान लिइएको हो । आइएसका एक कमाण्डरले आदेश दिएपछि इश्वरको निन्दा गरेको आरोप लागेका ती ब्यक्तिको सयौं मानिसकै अगाडि पशुलार्इझैं काट्ने आदेश दिएलगत्तै उनको ज्यान लिइयो ।
केही दिनअघि मात्रै आइसले अमेरिकाको ट्वीन टावरमा गरिएको जस्तै अर्को आतंककारी हमला गर्ने चेतावनी समेत दिएको थियो । एजेन्सी