
यमनमा सिया हुथी विद्रोहीहरुले आदेन सहरमा आक्रमण जारी नै राखेपछि सो क्षेत्रमा विदेशी सैनिक पुगेका हुन् । जसका कारण उक्त क्षेत्रमा तनाव रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
अरबका धेरै देशका विदेशी सैनिक सो क्षेत्रमा पुगेका छन् । तालिम प्राप्त सैनिक त्यहाँ पुगेपछि कारबाही सुरु हुने भएको बताइएको छ । उक्त सहरलाई विद्रोहीले कब्जा गर्न लागेकाले विदेशी सैनिकको उपस्थिति गराइएको बताइएको छ । आदेनमा विद्रोहीले गराएको बम विस्फोटमा परी कम्तीमा पनि १३ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त क्षेत्रमा विद्रोहीले एक गाउँलाई घेरा हालेर आक्रमण थालेका हुन् । रासस