Home » » शव निकाल्ने चार दिनदेखिको प्रयास असफल, टुक्राटुक्रा गरी निकाल्न परिवारजनले मानेनन्

शव निकाल्ने चार दिनदेखिको प्रयास असफल, टुक्राटुक्रा गरी निकाल्न परिवारजनले मानेनन्

चरिकोट (दोलखा),  वैशाख १६ – सदरमुकाम चरिकोटको एउटा होटलबाट चार दिनदेखि मजदुरको शव निकाल्ने प्रयास असफल भएको छ ।

चरिकोट बजारको चरिघ्याङस्थित क्षतिग्रस्त सङ्गम होटलबाट यहाँ कार्यरत मजदुर २० वर्षीय प्रशान्त कार्कीको शव निकाल्ने प्रयास आज पनि असफल भएको छ । नेपाली सेनाको एकल प्रयासबाट मङ्गलबारसम्म पनि कार्कीको शव निकाल्न नसकिएपछि आज फ्रान्सेली सेनाको टोली शव निकाल्न आएको थियो ।
नेपाली र फ्रान्सेली दुवै टोलिले अहिले साँझ अबेरसम्म शव निकाल्ने प्रयास गरे पनि सकेनन् । झुले गाविसका वासिन्दा कार्की आफ्नै काकाको उक्त होटलमा दुई वर्षदेखि मजदुरी गर्दै आएका थिए ।
“सग्लो शव निकाल्न सकिने स्थिति छैन, टुक्राटुक्रा गरी निकाल्न मृतकका परिवारजनले मानेनन्” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भन्नुभयो । शव निकाल्ने कार्य आजलाई स्थगित गरिएको उहाँले बताउनुभयो । डोजर लगाएर भत्केको होटल हटाउने स्थिति नहुँदा शव निकाल्न समस्या भएको हो ।
“डोजर लगाए अरु तीन÷चार होटल र घर भत्किने अवस्था छ” उहाँले भन्नुभयो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf