Home » » भूकम्प पीडितको उद्धारमा चिनियाँ सेनाद्वारा ड्रोन प्रयोग

भूकम्प पीडितको उद्धारमा चिनियाँ सेनाद्वारा ड्रोन प्रयोग

काठमाडौं । शनिबार ७ दशमल ६ रेक्टर स्केलको भूकम्प जाँदा पुरिएकाहरुको उद्धार तथा क्षतिको अवस्था अवलोकन गर्न उद्धार कार्यमा खटिएको चिनियाँ सेनाले ड्रोन प्रयोग गरेको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–१० साँखुमा भूकम्पका कारण पुरिएका ४ जनाको उद्धार तथा ९५ प्रतिशत घर ध्वस्त भएका क्षेत्रको अवलोकनका लागि चिनियाँ सेनाको विशेष टोलीले बुधबार ड्रोन प्रयोग गरेको हो । नेपाली सेनासहित इजरायली सेना पनि उद्धार कार्यमा खटिएको साँखु क्षेत्रमा विशेष रुपमा खटेको चिनियाँ सेनाले हराइरहेकाहरुको पहिचान गर्न विभिन्न प्रविधिहरुको प्रयोग गरेको छ ।
करिब १ हजार धुरी रहेका साँखु क्षेत्रको पुरानो घरहरु सबै ध्वस्त भएका छन् । भूकम्पका कारण साँखुमा ७४ जना ज्यान गएको छ भने घाइतेको संख्या एकीन गर्न नसकिने स्थानीय रमेश श्रेष्ठले बताए । थाहा भए अनुसार भग्नावशेषभित्र चार जना पुरिएका र उनीहरुको अझै सम्म उद्धार गर्न नसकिएको उनले बताए । श्रेष्ठका अनुसार चिनियाँ सेनाले विशेष रुपमा खोजे पनि अझै पत्ता लाग्न सकेको छैन ।
ramesh shrestha
स्थानीय रमेश श्रेष्ठ
‘अन्य सेनाको तुलनामा चिनियाँ सेनाले राम्रो काम गरेको छ,’ उनले भने, ‘तै पनि अझै सम्म पत्ता लाग्न सकेको छैन ।’ अझ भाडामा बस्ने तथा पाहुना आएकाहरु पनि पुरिएको हुन सक्ने उनले बताए । यद्यपी श्रेष्ठले चार जना हराएको बताए पनि अन्य केहीले भने बजार क्षेत्रमा १५–२० जना पुरिएको बताएका छन् ।
बुधबारबाट स्काभेटर प्रयोपग गरिएको र स्थानीयवासीहरु पनि ज्यान जोखिम मोलेर भए पनि हराइरहेकाहरुको खोजी कार्यमा लागेको श्रेष्ठले जानकारी दिए । अधिकांस घर भत्केको साँखुमा हालसम्म सरकारी पक्षबाट केही सहयोग नपाएको स्थानीयको गुनासो छ । केही टोली राहत बाँड्न आएपनि गाउँको मुखमा भएकाहरुलाई बाँडेर जाँदा गाउँ तथा बजारको भित्रपटि बसेकाहरुले केही नपाएको रमेश श्रेष्ठले बताए ।
खानलाई थाल नहुँदा पत्रिकामा खाइरहेको दृश्य देखिएको साँखुमा बस्नलाई त्रिपाल समेत नहुँदा अधिकांस मानिसहरु खुला आकाशमूनी समय विताउन बाध्य भएका छन् । ९५ प्रतिशत घर भत्किएको साँखुमा बाँकी रहेको पाँच प्रतिशत पनि चर्किएको अवस्थामा रहेका स्थानीयको भनाइ छ । 
sakhu bhukampachina army  using drones 13china army  using drones 10china army  using drones 9china army  using drones 7china army  using drones 3china army  using drones 2

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf