लमजुङ। नेपाल टेलिकमका करिब ३८ लाख जिसिएम सेवाको पोष्टपेड फोन शनिबार बिहानसम्म अवरुद्ध हुने भएका छन् ।सिस्टम अपग्रेड गर्ने काम भइरहेकाले मोबाइल फोनमा समस्या आउन सक्ने टेलिकमले जनाएको छ ।
शुक्रबार दिउँसोदेखि नै अपग्रेडको काम सुरु भइसकेको जनाएको टेलिकलले सबै मोवाइल अवरुद्ध नभएपनि केहीमा समस्या आउन सक्ने बताएको छ । पोष्टपेड फोन अवरुद्ध हुने भएपनि यसको जानकारी चाहिँ टेलिकमले प्रिपेड फोनमा समेत एसएमएस गरेर पठाएको छ ।