Home » » कोपरासीबाट घर फर्काउने दूतावासको निर्णयमा एनआरएनको आपत्ति

कोपरासीबाट घर फर्काउने दूतावासको निर्णयमा एनआरएनको आपत्ति

मलेसिया :  मलेसियास्थित दूतावासले नेपालीहरुलाई कोपरासीबाट मात्रै घर जान पाउने गरी गरेको निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले आपत्ति जनाएको छ ।

एनआरएन मलेसियाले शुक्रबार विज्ञप्ति निकालेर दूतावासको सूचनाले सहजरुपमा घर जान पाउने नेपालीको अधिकार हनन भएको दाबी गरेको छ ।

महासचिव सुनिल चालिसेले निकालेको विज्ञप्तीमा दूतावासले कोपरासीमा पैसा तिरेको रसिद बुझाएमात्रै यात्रा अनुमतिपत्र दिइने भनी सूचना निकाल्नु गलत भएको उल्लेख छ ।

दुतावासले सूचना नै निकालेर यहाँको अध्यागमनका पूर्वकर्मचारीको संगठन कोपरासीलाई पैसा बुझाएर मात्रै घर जान पाइने बाध्यकारी नियम बनाएको थियो  ।  

दूतावासले केही दिनअघि सूचना निकालेर कोपरासीमा एक हजार दुई सय ८० रिङ्गेट तिरेको रसिद दूतावासमा बुझाएपछि एकतर्फी यात्रा अनुमतिपत्र दिइने जनाएको थियो ।

दूतावासको सूचनामा भिसाविना घर जान चाहने नेपालीलाई बिचौलीयाले धेरै रकम असुलेर ठगी गरेका भेटिएपछि यस्तो कमद चाल्नुपरेको उल्लेख छ ।

घर जाने नेपालीलाई बिचौलियाले ठगेको गुनासो आएपछि दूतावासले यात्रा अनुमति पत्र वितरणमा कडाई गरेको नेपाली दूतावासका उपनियोग प्रमुख हेमलाल भट्टराईले बताए ।

कोपरासीले एक हजार दुई सय ८० रिङ्गेटमा घर पठाइरहँदा केही बिचौलियाले दुई हजार २५ रिङ्गेट उठाई ठगी गरेको गुनासो आएपछि यात्रा अनुमति पत्र वितरणमा कडाई गरिएको उनको भनाइ छ ।

आत्ममर्पण गर्न जाँदा कोपरासीकै माध्यम प्रयोग गर्नुपर्ने बाध्यकारी नियम भने अध्यामगनले बनाएको छैन । जुनसुकै देशका अवैध नागरिक आफ्नो देशको दूतावासबाट यात्रा अनुमति पत्र र हवाई टिकटसहित आत्मसमर्पणका लागि अध्यामगमन विभाग जान सक्छन् ।

भिसाविना घर फर्कने नेपालीले दूतावासमा आफू नेपाली भएको प्रमाण देखाई एकतर्फी यात्रा अनुमति पत्र लिएर अध्यागमन विभागमा हवाई टिकटसहित आत्मसमर्पण गर्नुपर्छ ।

आत्मसमर्पण गर्दा चार सय रिङ्गेट अध्यागमनमा जरिवाना तिर्नुपर्ने नियम छ । मलेसिया सरकारले चलाएको ‘अवैध विदेशी घर फर्क’ अभियानका क्रममा घर जान चाहने नेपालीले नौ सय ५० रिङ्गेट खर्च गर्नुपर्ने हुन्छ ।

हवाई टिकटलाई पाँच सय ५० आरएम र अध्यागमना चार सय आरएम जरिवाना तिर्नुपर्छ । तर, नेपाली दूतावासले भने एक हजार दुई सय ८० रिङ्गेट लिने कोपरासीबाट मात्रै नेपाल जान पाउने बाध्यकारी नियम बनाएपछि आफै अध्यागमनमा आत्मसमर्पण गरी घर जान चाहने नेपाली भने मर्कामा परेका छन् ।

मलेसियाको अध्यागमन विभागका पूर्वकर्मचारीहरुको संगठन कोपरसीले मलेसियाको दूतावासमै कार्यलय चलाएको छ । सोही कारण नौ सय ५० रिङ्गेट तिरेर घर जानसक्ने नेपालीहरु एक हजार दुई सय ८० रिङ्गेट तिर्न बाध्य छन् । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf