Home » » अस्पताल आफैं फोहरी (फोटो फिचर)

अस्पताल आफैं फोहरी (फोटो फिचर)

लमजुङ : दैनिक हजारौं विरामीको भींड लाग्ने अस्पतालको सरसफाइमा अन्य स्थानभन्दा बढी ध्यान दिनुपर्ने हुन्छ ।

सयौं किसिमका रोग लिएर अस्पताल पुग्ने विरामीबाट अन्य मानिसलार्इ रोग सर्न सक्ने जोखिमबाट बचाउन पनि अस्पतालमा सरसफाइ पहिलो शर्त हो ।

काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पतालहरुको सरसफाइको अवस्था अति नै दयनीय छ । बीरसहितका ठूला सरकारी अस्पताल पुग्दा उल्टै रोग लिएर फर्कनुपर्ने अवस्था छ ।

तर, सरकारी अस्पताल भन्दा चर्को र महंगो शुल्क लिने निजी अस्पतालको सरसफाइ राम्रो हुने धेरैको विश्वास छ । धेरैको यो विश्वास काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा पुगेपछि झुठो सावित हुन्छ ।
पहिलो तल्लामा रहेको मेडिकल वार्डको प्यासेजमा फोहोरको थुप्रो
मेडिकलको पढाई समेत हुने यो अस्पतालको फोहोर व्यवस्थापन फितलो हुदा बिरामी थप बिरामी हुने अबस्थ छ ! यो अबस्थाका सौचालयमा पाइला समेत राख्न सकिन्न ! महिनौ देखि सफा नगरिदा अस्पताल भित्रैकै  सौचालय रोग जन्माउने ठाउँ भएका छन् ! बिरामीले प्रयोग गरेका फोहोर र सर्जिकल समान को उचित व्यपस्थापन नगरिदा अस्पताल नै रोग को घर बनिरहेको छ ! बिरामीले दिसापिसाब गरेका भाडा सफा नगरी थुपरिदा अस्पताल परिसर दुर्घंधित  भएको छ !

तेस्रो तल्लामा हाडजोर्नी विभागको प्यासेजमा थुपारिएको फोहोर

सर्जिकल वार्डको शौचालयको दुरावास्था
 


सर्जिकल वार्डका विरामीले दिसा पिसाव गर्ने भाँडा राख्ने कोठाको दुरावास्था 

हाड जोर्नी विभागको प्यासेजमा खुल्लै राखिएको रगतसहितको फोहोरको थुप्रो

दैनिक सयौं विरामी तलमाथि गर्ने लिफ्ट चार दिनदेखि विग्रेको अवस्थामा 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf