
जिल्ला अदालत डोटीले बसका चालक वीरेन्द्र साहुलाई बुधबार १० वर्षको कैद सजाय सुनाएको हो । बस मालिक भने ५० हजार धरौटीमा रिहा भएका छन् ।
गत आश्विन ३१ गते डोटीको जोरायलबाटधनगढी आउँदै गरेको बस छतिवनमा दुर्घटना हुदा २९ जनाको मृत्यु भएको थियो ।
बस दुर्घटनामा चालकको चरम लापरबाही ठहर गर्दै यति लामो समय कैद सजाय भएको यो पहिलोपटक हो ।
बालिका बलात्कारीलाई १३ वर्ष कैदः
उता, जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा गोदावरी गाविस वडा नम्बर–३ का जगुवा पार्कीलाई १३ वर्षको कैद सजायको फैसला गरेको छ ।
पार्कीको विरुद्ध २०७१ माघमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।