Home » » उमेर ६५ वर्ष, गर्भमा चार बच्चा, पहिल्यै छन् १३ छोराछोरी

उमेर ६५ वर्ष, गर्भमा चार बच्चा, पहिल्यै छन् १३ छोराछोरी

(एजेन्सी) जर्मनीमा बस्दै आएकी एनग्रेट रनेक पेशाले अग्रेजी र रुसी भाषाकी शिक्षिका हुन् । उनका १३ छोराछोरी भइसकेका छन् । हाल उनी ६५ वर्षकी भएकी छिन् तर यो उमेरमा उनको गर्भमा चारजना बच्चा रहेका छन् ।

सायद उनी यो उमेरमा एकै पटक चार बच्चा जन्माउने पहिलो महिला बन्दैछिन् । कृत्रिम तरिकाले गर्भाधान गराएकी उनी २१ हप्ताकी गर्भवती छिन् । उनले जबसम्म अल्ट्रासाउन्ड गराएकी थिइनन् उनलाई आफ्नो पेटमा ४ जना बच्चा रहेको पत्तै थिएन । अल्ट्रासाउन्ड मार्फत उनले आफ्नो पेटमा ४ बच्चा रहेको थाहा पाएकी थिइन् ।

डाक्टरले उनलाई चार मध्य कुनै दुईलाई जीवित जन्माउने सल्लाह दिएका थिए तर उनले मानिनन् । उनले चारवटै बच्चा जन्माउन तयार बनेकी छिन् । आफ्नो पेशाबाट यसैवर्ष अवकाश लिन थालेकी उनी ५५ वर्षको उमेरमा गर्भधारण गरेर यस भन्दा पहिले पनि चर्चामा आइसकेकी छिन् ।
उनको जीवमा हालसम्म बच्चा जन्माउनकै लागि पाच पुरुष सम्पर्कमा आए । हाल उनका १३ सन्तानमध्ये सबै भन्दा धेरै उमेरका सन्तानको उमेर ४४ वर्ष रहेको छ । उनका सात नाती नातिना समेत रहेका छन् । उनी भन्ने गर्छिन म कसैको सुन्दैन म जे देख्छु त्यही गर्छु ।
woman-who-is-pregnant-with-quadruplets-at-65-1-1-552bac0355cc9_exlst

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf