उमेरले दुई दशक पार गरेकी जोशी प्रेम बन्धनमा बाँधिनुलाई त्यति उचित ठान्दिनन् । जनबोलीसँगको कुराकानीमा पारिवारीक रुपमा खोजिएको केटा नै आफ्नो जीवनसाथी हो बताउने जोशी अहिले गीत संगित मात्र सोचेकाले तत्काल घरजम गरिहाल्ने योजना नभएको सुनाउछिन् । आफ्नो स्वर र म्युजिक भिडियो श्रोता र दर्शकले मन पर्ने बनाउन सकेकोमा जीवनको लक्ष्यले सफलता पाइरहेको ठम्याई गायिका जोशीको छ । स्टेज कार्यक्रमका लागि पनि जोशीको निक्कै माग बढ्दै गएको छ । त्यसैले अहिले जोशीलाई गीत गाउनै भ्याईनभ्याई छ ।

जनबोली/ काठमाडौ । छोटो समयमै नेपाली लोक संगीतको दुनियाँमा गायिका सावित्री जोशीले आफ्नो स्थान जमाउन सफल भएकी छन् । आधुनिक र पप संगितले नेपाली बजार मिच्दै गरेको समयमा गायिका जोशीका भाका अहिलेपनि उत्तिकै चर्चित छन् । उनका गीतहरु हरेक क्षेत्रका लोक गीतका पारखीहरुले गुनगुनाउने गर्दछन् । शालिन स्वभावकी गायिका जोशीका गीतहरु नेपाली सञ्चार माध्यममा पनि राम्रै स्थान पाउने गर्दछन् । सञ्चार माध्यममा बजिरहेका गीतहरु हिमाल, पहाड, तराईमा रहेका हरेकले गुनगुनाउने गर्दछन् ।
पछिल्लो ५ बर्षमा उनले चर्चित गीतहरु समेटिएका आधा दर्जन एल्वम बजारमा ल्याएकी छन् । लोक संगितको दुनियाँमा प्रवेश गरेको छोटो समयमै आधा दर्जन चर्चित लोक गीतहरुको संग्रह निकाल्न सफल जोशीका सबै एल्वमहरु चर्चित बनेका छन् । अधिकांश म्युजिक भिडियो सहित बनाइएका लोक भाकाहरु रेडियो, टेलिभिजनमापनि सधै जसो घन्किने गर्दछन् ।
सावित्री जोशीको स्वरमा रहेको पछिल्लो म्युजिक भिडियो “छड्के सलाम भो” अत्यन्तै चर्चित छ ।अधिकांश रेडियो, टेलिभिजनको गीत संगितको काउण्टडाउन कार्यक्रममा सबै उत्कृष्ट स्थानमा रहन सफल उक्त गीतको स्वरमा जोशीलाई गायक तिर्थ केसीले साथ दिएका छन् । कृष्ण फिल्मस्को निमार्ण रहेको उक्त एल्वमको चर्चित गीत मलाई मन परानेलाई छड्के सलाम भो मा शिव हमालले शब्द तथा संगित दिएका छन् । निर्देशक शंकर वीसीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।
जोशीको रोइला गीत “टाढाको पाई थिएन” भाका पनि अत्यन्तै चर्चित छ । पश्चिमेली भाकालाई टपक्क टिपेर सबै भेगका मानिसले मन पराउने गरि भरिएको सावित्रीको स्वरमा सन्दिप न्यौपानेले साथ दिएका छन् । उक्त एल्वम आशिष म्युजिक प्रालिले उत्पादन गरेको छ ।
यसैगरी “चञ्चले नानी” बोलको गीत पनि बजारमा निक्कै चर्चित छ । आशिष म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतामा पनि गायिका सावित्री जोशी र बाबुराम परियारले स्वर भरेका छन् । उक्त गीतमा विष्णु भूषालको शब्द कोरेका छन् भने, उनैले संगित भरेका छन् ।
सावित्रीको “काली” बोलको गीत अत्यन्तै चर्चित छ । आशिष म्युजिक प्रालिले नै बजारमा ल्याएको उक्त गीतमा सावित्री जोशी र सन्दिप न्यौपान शब्द भरेका छन् । लय र शब्दमा करन न्यौपाने साथ दिएका छन् । नेपाली लोक गीतको दुँनियामा जोशीको “घामलाई हो की जुनलाई” भन्ने भाका पनि सर्वाधिक चर्चित छ ।