परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label नेपाली लोक गित. Show all posts
Showing posts with label नेपाली लोक गित. Show all posts

गायिका कला राईको चौंथो गीति एल्बम “इशारा” भर्खरै बजारमा ल्याउनु भएको छ भिडियो हेर्नको लागि यहाँ जानुहोस्

लमजुङ्- पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सॉंगीतिक आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत-संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन । सवै विधाका गीतहरुमा दख्खल राख्दै सॉंगीतिक क्षेत्रमा पृथक पहिचानका साथ निरन्तर लम्किरहेको एक आशा लाग्दो नाम हो कला ।
रेडियो नेपालको आयोजनामा वि.सं. २०५७ सालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भए संगै आफ्नो पहिलो एल्बम “कला” बाट नेपाली सांगीतिक जगतमा डेब्यु गरेकी राईले कला एल्बम पछि “अफर” र “लुक्स” बजारमा ल्याइसकेकी छिन् भने यो गायिकाको चौथो एल्बम हो ।

भोजपुरको ओख्रेमा जन्मेकी गायिका राई तेश्रो एल्बमको चर्चा सेलाउन नपाउंदै चौथो एल्बम “इशारा” म्युजिक भिडियो सहित बजारमा ल्याउन सक्नुले पनि गायिकाको संगीत प्रतिको मोह र सफलतालाई इंगित गर्न सकिन्छ । एल्बम भित्र आधुनिक,लोक र पप गितहरुको सम्मिश्रण रहेको छ भने एल्बममा ६ वटा गीतहरु इशाराले बोलाउने, बिनायो मुर्चुङ्गा, धेरै रोएं, लाग्छ माया, फुल फुल्यो चमेली र साकेला नाचौ रहेका छन् । एक गीतमा गायिकालाई साथ दिएका छन् गायक दिपेश राई भने अन्य ५ गीतहरुमा गायिकाको एकल स्वर सुन्न सकिन्छ ।
सबै “इशारा” एल्बमको अडियो संगै भिडियो पनि एकै साथ सार्वजानिक भएको छ । गायिकाको अनुसार यो जोवान (विनायो मुर्चुङ्गा) वोल गीतको म्युजिक भिडियो युट्युवमा सार्वजानिक भैसकेको छ भने अन्य गीतको म्युजिक भिडियोहरु पनि चॉंडै बजारमा आउनेछन् ।
आशा गरौ कला राईको इशाराले श्रोताहरुको मन मज्जाले तान्ने छ । हाम्रो तर्फबाट पनि गायिका र “इशारा” लाई सफलताको निम्ति शुभकामना ।
भिडियो हेर्नुहोस् -

नेपाली लोक गायनका लागि उत्कृष्ट स्वरको सूचीमा गायिका जोशी (भिडियो सहित)

उमेरले दुई दशक पार गरेकी जोशी प्रेम बन्धनमा बाँधिनुलाई त्यति उचित ठान्दिनन् । जनबोलीसँगको कुराकानीमा पारिवारीक रुपमा खोजिएको केटा नै आफ्नो जीवनसाथी हो बताउने जोशी अहिले गीत संगित मात्र सोचेकाले तत्काल घरजम गरिहाल्ने योजना नभएको सुनाउछिन् । आफ्नो स्वर र म्युजिक भिडियो  श्रोता र दर्शकले मन पर्ने बनाउन सकेकोमा जीवनको लक्ष्यले सफलता पाइरहेको ठम्याई गायिका जोशीको छ ।  स्टेज कार्यक्रमका लागि पनि जोशीको निक्कै माग बढ्दै गएको छ । त्यसैले अहिले जोशीलाई गीत गाउनै भ्याईनभ्याई छ ।


जनबोली/ काठमाडौ । छोटो समयमै नेपाली लोक संगीतको दुनियाँमा गायिका सावित्री जोशीले आफ्नो स्थान जमाउन सफल भएकी छन् । आधुनिक र पप संगितले नेपाली बजार मिच्दै गरेको समयमा गायिका जोशीका भाका अहिलेपनि उत्तिकै चर्चित छन् । उनका गीतहरु हरेक क्षेत्रका लोक गीतका पारखीहरुले गुनगुनाउने गर्दछन् । शालिन स्वभावकी गायिका जोशीका गीतहरु नेपाली सञ्चार माध्यममा पनि राम्रै स्थान पाउने गर्दछन् । सञ्चार माध्यममा बजिरहेका गीतहरु हिमाल, पहाड, तराईमा रहेका हरेकले गुनगुनाउने गर्दछन् ।
पछिल्लो ५ बर्षमा उनले चर्चित गीतहरु समेटिएका आधा दर्जन एल्वम बजारमा ल्याएकी छन् । लोक संगितको दुनियाँमा प्रवेश गरेको छोटो समयमै आधा दर्जन चर्चित लोक गीतहरुको संग्रह निकाल्न सफल जोशीका सबै एल्वमहरु चर्चित बनेका छन् । अधिकांश म्युजिक भिडियो सहित बनाइएका लोक भाकाहरु रेडियो, टेलिभिजनमापनि सधै जसो घन्किने गर्दछन् ।
सावित्री जोशीको स्वरमा रहेको पछिल्लो म्युजिक भिडियो “छड्के सलाम भो” अत्यन्तै चर्चित छ ।अधिकांश रेडियो, टेलिभिजनको गीत संगितको काउण्टडाउन कार्यक्रममा सबै उत्कृष्ट स्थानमा रहन सफल उक्त गीतको स्वरमा जोशीलाई गायक तिर्थ केसीले साथ दिएका छन् । कृष्ण फिल्मस्को निमार्ण रहेको उक्त एल्वमको चर्चित गीत मलाई मन परानेलाई छड्के सलाम भो मा शिव हमालले शब्द तथा संगित दिएका छन् । निर्देशक शंकर वीसीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।
जोशीको रोइला गीत  “टाढाको पाई थिएन” भाका पनि अत्यन्तै चर्चित छ । पश्चिमेली भाकालाई टपक्क टिपेर सबै भेगका मानिसले मन पराउने गरि भरिएको सावित्रीको स्वरमा सन्दिप न्यौपानेले साथ दिएका छन् । उक्त एल्वम आशिष म्युजिक प्रालिले उत्पादन गरेको छ ।
यसैगरी “चञ्चले नानी” बोलको गीत पनि बजारमा निक्कै चर्चित छ । आशिष म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतामा पनि गायिका सावित्री जोशी र बाबुराम परियारले स्वर भरेका छन् । उक्त गीतमा विष्णु भूषालको शब्द कोरेका छन् भने, उनैले संगित भरेका छन् ।
सावित्रीको “काली” बोलको गीत अत्यन्तै चर्चित छ । आशिष म्युजिक प्रालिले नै बजारमा ल्याएको उक्त गीतमा सावित्री जोशी र सन्दिप न्यौपान शब्द भरेका छन् । लय र शब्दमा करन न्यौपाने साथ दिएका छन् । नेपाली लोक गीतको दुँनियामा जोशीको “घामलाई हो की जुनलाई” भन्ने भाका पनि सर्वाधिक चर्चित छ ।

नांगै नहिड्न र लामो लुगा लगाएर मात्र दोहोरी गीत आउनको लागि गायक पशुपति शर्माले ज्योति मगरलाई चेतावनी दिए भिडियो हेर्नुहोस् !


गाउनी भए गाम दोहोरी म नि कम्ति छैन, दोहोरी गाउनी नांगै हिड्नी यही ज्योति मगर हैनऽ नत्र गितै नगाए दोहोरी गाउँने भए लामो लुगा लगाए नत्र गितै नगाए

नयाँ नेपाली लोकगित २०७१ धान काटेर दाई हालाऊ ( भिडियो सहित )


नेपाली लोकगीत सानुको याद मुटुमै ठोकिन्छ, अनि आसु बनेर पोखिन्छ ! ( भिडियोको साथमा )

हो हो सानुको याद मुटुमै ठोकिन्छ, अनि आसु बनेर पोखिन्छ ! 
हास्न सिकायो अस्ति हास्न सिकायो, हिजो रुन सिकायो !!
धेरै धेरै धन्यवाद मायालु आजा पागल हुन सिकायो !!!
बिजय दशमीको शुभकामनाको साथ मा यो गीत हजुर हरुलाइ है ! धन्यवाद !



नेपाली लोकगित भन्देउ के हो माया लोक गायक बिरही कार्की भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नु होला

हाम्रो चर्चित लोक गायक बिरही कार्कीको नया लोकगित
 फोन गरिनउ चिठीनी लेखिनाउ छाती पिटी रोएको देखिनाउ !
भो लाउदिन पिरती दुई दिनको  घामछाया मिलन हो कि बिछोड हो पाउनु हो कि गुमाउनु !!
 हो हो भन्देउ के हो माया


टिका पुनको स्वरमा नयाँ लोक दोहोरी गीत "मलाई त च्वाक केटी चाहिन्छ"


चान चुने मा जान्न नजर चाहिन्छ हसाउने .. जिउ डाल देख्न साथै मुखै रसाउने ..
जस्ता पाए आख हाम्ले कहाँ लाईन्छ ..मलाई त हान्ड्सम हान्ड्सम ए हान्ड्सम केटा चाहिन्छ ..


लोक गायीका सरिता थापा को नयाँ लोकधोहोरी गित तिम्रै यद मा मुटु जलाउदै (भिडियो)

हाम्रो चिरपरिचित लोक गायीका सरिता थापा को भर्खर मात्र बजारमा निक्लेको नयाँ लोकधोहोरी गित तिम्रै यद मा मुटु जलाउदै, जब जब जान्छ घाम ढल्किदै, तेही घाम हेर्दै बस्छु टोलाउदै भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नु होला धन्यवाद

नेपाली लोकगित सबै देख्छु तरुनी मैले कसो गरुनी भिडियो हेर्न र download गर्नको लागि यो लिङ् मा क्लिक गर्नुस

राम्जी खाणको लय शब्दमा राम्जी खाण् र जानकी मगरको सुमधुर स्वरोमा नयाँ लोक दोहोरी गीत "सबै देख्छु तरुनी"

भिडियो download गर्नको लागि यहाँ क्लिक गर्नुस 



नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf