Home » » साउदी अरबको जागिरले श्रीमती र सम्पति चट्

साउदी अरबको जागिरले श्रीमती र सम्पति चट्

महोत्तरी— सात वर्षदेखि साउदी अरबको चर्को गर्मीमा पसिना चुहाएर कमाएको सम्पति आफ्नो नाउँमा पारेर श्रीमती माइत गएपछि सहोडवा–६ घर भएका राजाराम महराको बिल्लिबाठ भएको छ।

१५ दिने पहिले राजाराम छुट्टी मिलाएर घर फर्केका बेला श्रीमतीको बाह्य सम्बन्धलाई लिएर झगडा परेको थियो। आफ्नै आखाँ अगाडि श्रीमती पुनमदेवीलाई सहोडवा-४ घर भएका छबिला यादवसँग गलत क्रियाकलाप गरिरहँदा रंगेहात भेट्टाएपछि उनीहरुबीच झगडा भएको थियो।

झगडापछि श्रीमती पुनम माइत गएकी हुन्। सबै सम्पति लिएर श्रीमती माइत भागेपछि राजाराम यता न उताको भएका छन्।

महरा ७ वर्ष अघि मजदूरी गर्न साउदी अरब पुगेका थिए। महराले चर्को गर्मीको प्रवाह नगरी कमाएको पैसा श्रीमती पुनमलाई पठाउँदै आएका थिए। श्रीमतीले चालकको काम गर्ने छविला यादवसँग लागेर सबै पैसा खर्च गरेको राजारामको आरोप छ। 'वास्तविकता थाहा पाएपछि म छाँगाबाट खसेजस्तो भएको छु', उनले भने।

'मिहिनेतले कमाएको पैसा एक-एक गरी घर पठाएँ तर अहिले हातमा सुको पनि छैन', राजारामले भने ' पैसा त गयो गयो र एक वर्ष अघि श्रीमतीकै नाउँमा खरिद गरेको जग्गा समेत उनले आफनो बुवाको नाउँमा नाउँसारी गरेपछि आफनो जीवनभरको पुँजी नै सकिएको छ।'

तीन महिनाको छुट्टिमा एक वर्ष अघि घर आउँदा राजारामले श्रीमती पुनम देवीकै नाउँमा गाउँमै साढे तिन लाखमा १९ धुर जग्गा खरिद गरेका थिए। उनकी श्रीमतीले सो जग्गा आफनो वुवा भटौलिया-६ बस्ने गंगाराम चमारको नाउँमा राजिनामा पास गरिदिएकी छिन्।

पहिले पहिले छुटिमा घर आउँदा आफूले श्रीमतीका यस्ता कर्तुत थाहा नपाएको उनी बताउँछन्। श्रीमती श्रीसम्पति लिएर घर छाडेपछि आफनो तिन जना छोरा छोरीको भविष्य समेत खतरा परेको कुराले राजारामलाई पिरोल्न थालेको छ।

दुई वटा छोरा र एक वटा छोरी समेत रहेका राजारामले फोन गरेर पटक पटक श्रीमती पुनलाई घर आउन आग्रह गर्दा समेत उनी घर आउन नमाने पछि जग्गा जमिन फिर्ता गराई पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला शेलमा उजुरी गरेका छन ।

राजारामले जे जति भएपनि सुध्रिएर घरमा बस्न खोजेको खण्डमा पुनमलाई अहिले पनि आफनो घर भित्रयाउन तयार रहेको प्रहरी समक्ष बताएका छन्।

उनले प्रहरीलाई श्रीमतीलाई ललाई फकाई आफनो श्रीसम्पती फिर्ता गराई आफनो घरपरिवार जोगाईदिन गुहार गरेका छन्।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf