Home » » सरकारी कर्मचारीले आफन्तलाई मात्र राहत बाँडेको आरोप ल हेर्नुस् राहत बाड्ने मा पनि एस्तो गरायो

सरकारी कर्मचारीले आफन्तलाई मात्र राहत बाँडेको आरोप ल हेर्नुस् राहत बाड्ने मा पनि एस्तो गरायो


ललितपुर, वैशाख १४ – शनिबार आएको महाभूकम्पबाट पीडित बनेकाहरुले उनीहरुको नाममा आएको राहत सामग्री सरकारी अधिकारीहरुले आफ्ना परिवार र आफन्तहरुलाई मात्र बाँडेको आरोप लगाएका छन् । ललितपुर खुमलटारमा रहेको सशस्त्र प्रहरीको दक्षिणकाली गणको अगाडि पीडितहरु विरोध प्रदर्शन गरिरहेका थिए । त्यहाँ प्रदर्शन गरिरहेका एकले भने, ‘यहाँ भूकम्पबाट पीडितका लागि भनेर राहत सामग्रीहरु आएका छन्, तर सबै सरकारी कर्मचारी तथा सशस्त्र प्रहरीहरुले आफन्तहरुलाई मात्र बाँडिरहेका छन् ।’ उनीहरुका अनुसार गाडीमा राखेर त्यहाँ आएका राहत सामग्री प्रहरी र सरकारी कर्मचारीका घर पठाइएको छ । तर, ललितपुरमा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले भने राहत सामग्री वितरणमा कुनै अनियमितता नभएको दाबी गरे । उनले भने, ‘यहाँ राहत सामग्री माग्न धेरै आएका छन् । तर, घर भत्केकाहरुलाई मात्र शुरुमा राहत सामग्री बाँडिरहेका छौं ।’ उनले वास्तविक पीडितहरुलाई मात्र राहत सामग्री बाँड्न आफूहरु सर्तक रहेको बताए । यता, राहत माग्न त्यहाँ पुगेका एक पीडितले भने आफू आफ्नो सानो छोरीलाई लिएर राहत माग्न जाँदा पनि कुनै वास्ता नभएको बताए । ‘यहाँ चिनेजानेका र ठूलाबडलाई मात्र राहत बाँडिदैछ,’ उनले गुनासो पोखे ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf