१३ बैशाख, काठमाडौं ।
नेपालमा शनिबार मध्यान्नमा गएको महाभूकम्पले नेपाल मात्र होइन संसारभरी नै प्रभाव परेको छ । विश्वभरीका प्रमुख सञ्चार माध्यममा नेपालको भूकम्प प्रमुख हेडलाइन बनिरहेको छ ।
नेपालमा भएको भूकम्पको हताहतीको संख्या र यहाँको अवस्थाका तस्विर, समाचार स्टोरी र भिडियो समेत अनलाइन माध्यममा छ्याछ्याप्ति देखिन्छ ।

७ दशमलव ९ रेक्टर स्केलको यो भूकम्पले यतिबेला हेडलाइन् बनाएको छ । खासगरी नेपाल र भारतका दुवै सीमा क्षेत्रमा भूकम्पको प्रभाव देखिएका कारण भारतीय सञ्चार माध्यममा नेपालको भूकम्प मात्र समाचार बनिरहेको छ भने अन्तराष्ट्रिय अन्य सञ्चार मध्यमा पनि निक्कै ब्यापक कभरेज भैरहेको छ ।

अधिकाँश सञ्चार माध्यमले काठमाडौंको धरहरा पल्टिएको विषयलाई विशेष महत्व दिएका छन् भने राहत वितरण र खुला रात विताउन बाध्य भएका विषयलाई प्रमुख हेडलाइन बनाएका छन् ।


हरेक जसो अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको भूकम्पका कम्तिमा पनि ४-५ वटा छुट्टा छुट्टै हेडलाइन बनेको देखिन्छ ।
सामाजिक सञ्जाल साइटहरुले नेपालको भूकम्पलाई सबैभनदा बढी महत्व दिएका छन् ।

फेसबुक ट्वीटरले ‘Nepal Earthquake’ अर्थात नेपालमा भूकम्प भन्ने ट्रेण्डिङ गरिरहेका मात्र छैनन् फेसबुक र ट्वीटरबाटै सहयोग गर्न सक्ने ब्यवस्था गरेका छन् ।


फेसबुकले नेपालका सबै भन्दा काम लाग्ने नम्बरहरु आफ्नो पेजमा राखेको छ ।