Home » » भियतनाम एयरलाइन्समा कार्यरत नेपाली पाइलट सौमित्र सरकारले गरेको सफल ल्यान्डिङले १ सय ४१ यात्रुको ज्यान बचेको छ।

भियतनाम एयरलाइन्समा कार्यरत नेपाली पाइलट सौमित्र सरकारले गरेको सफल ल्यान्डिङले १ सय ४१ यात्रुको ज्यान बचेको छ।


भियतनाम एयरलाइन्समा कार्यरत नेपाली पाइलट सौमित्र सरकारले गरेको सफल ल्यान्डिङले १ सय ४१ यात्रुको ज्यान बचेको छ। भियतनामको नोइवाइ एयरपोर्टबाट स्थानीय समयअनुसार बेलुका ६:१५ मा ताइपेइका लागि उडेको भियतनाम एयरलाइन्सको एयरबस ३२१ मा हाइड्रोलिक प्रेसरको कमि देखिएपछि आपतकालीन अवतरण गरिएको थियो।

जहाजमा सहायक पाइलट होङ्ग हाइ नामसहित ६ क्याबिन क्रु रहेको सरकारले बताएका छन्। भियतनामबाट ताइपेइका लागि उडेको एक घन्टापछि हवाइजहाजमा हाइड्रोलिक समस्या देखिएपछि चालक दलका उनले आपतकालीन अवतरणका लागि हजाइजहाजलाई होनुइतिर फर्काउन अनुमति मागेका थिए। ‘हामी चाइनिज आकाशमा थियौँ, स्क्रिनमा वानिङ आयो।

टावरसँग आपतकालीन अवतरणका लागि अनुमागेँ,’ हामीसँगको विशेष कुराकानीमा उनले भने। २९ हजार फिटको उचाईमा उडेको एयरबस चाइनिज आकाशमा उडिरहेको थियो। उनका अनुसार चाइनीज हवाइ कन्ट्रोलले समेत सहयोग गर्न तयार रहेको बताएको थियो। ग्रीन हाइड्रोलिक सिस्टमले काम गर्न छाडेपछि ल्यान्डिङ गियरदेखि प्लेनको पखेटाले समेत काम गर्दैन।

नेपाल, भारत, मकाउ हुँदै पछिल्लो वर्ष भियतनाम एयरलाइन्समा कार्यरत नेपाली पाइलट सरकारले गरेको आपतकालीन अवतरणपछि भियतनाममा उनको विशेष प्रशंसा भइरहेको छ। भियतनाम एयरलाइन्सका निर्देशकसमेतले ‘द्‌याट वाज अ गुड डिसिजन्’ भन्ने प्रतिक्रिया दिएका छन्। उनले रेडक्रसअन्तर्गत सुडान र अल्जेरियामा समेत काम गरेका थिए।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf