- रुकुम – गाउँमा बढ्दै गएको बालविवाह रोक्न एक विद्यालयले अभियान नै सञ्चालन गरेको छ । पोखरा १ स्थित जनता उच्च माविले विवाह गरेका विद्यार्थीको भर्ना नगर्ने अभियान सुरु गरेको हो । जिल्लाभर भर्ना अभियान सञ्चालन भइरहेका बेला विद्यालयले यस्तो अभियान सञ्चालन गरेको छ । पोखरा गाविस जिल्लामा सबैभन्दा बढी बालविवाह हुने स्थान मानिन्छ । जिल्ला विकास समितिका अनुसार गाविसका ४७ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको छ । विद्यालयले चार वर्षदेखि सञ्चालन गरेको बालविवाह विरुद्दको अभियानअन्तर्गत यस वर्ष पनि विवाह गरेका विद्यार्थीको भर्ना नलिने निर्णय गरेको हो, आजको कान्तिपुर दैनिकमा खबर छ ।
-