Home » » भूकम्पको धक्का रोकिएन, मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो

भूकम्पको धक्का रोकिएन, मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो

लमजुङ,–महाभूकम्प गएको १६ औं दिन पनि भूकम्पको धक्का महशुस हुने क्रम रोकिएको छैन। आइतबार विहान ११ बजेर ८ मिनेटमा रसुवा केन्द्र विन्दु भएको ४ रोक्टोस्केलको भूकम्प गएको छ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै विहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ४ रोक्टोस्केलको भूकम्पको धक्का महशुस गरिएको थियो भने राति १ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक– तिब्बत केन्द्रविन्दु बनाएर ४ दशमलव २ रोक्टोस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। योसँग महाभूकम्पपछि हालसम्म १ सय ५६ पराकम्पन गएको छ।
यसैबीच महाविनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ। आइतबार विहानसम्ममा मृत्यु हुनेको संख्या ८ हजार १९ पुगेको नेपाल प्रहरीले जनाएको छ। यसैगरी घाइतेको संख्या १६ हजार ३३ पुगेको प्रहरीले जनाएको छ। मृतकमध्ये अहिलेसम्म ३० जनाको सनाखत हुन नसकेको छैन।
भूकम्पमा नेपाल प्रहरीका ५, सशस्त्रका १, निजामति कर्मचारी ११ तथा विदेशी नागरिक ७० जनाको मृत्यु भएको छ। यसैगरी नेपाल प्रहरीका १४०, सशस्त्र प्रहरीका २१, र विदेशी नागरिक ५० जना घाइते भएका छन्। यसैगरी नेपाल प्रहरीका १, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेको प्रहरीले जनाएको छ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf