Home » » मंगलबारको पराकम्पनमा ९१ को मृत्यु भागदौडले धेरै घाइते

मंगलबारको पराकम्पनमा ९१ को मृत्यु भागदौडले धेरै घाइते

लमजुङ, ३१ बैशाख - भूकम्पका पराकम्पनमा आउँदा आत्तिएर भाग्दा धेरै घाभूकम्पका पराकम्पनमा आउँदा आत्तिएर भाग्दा धेरै घाइते हुन थालेका छन् । केहीको हृदयाघातबाट मृत्यु हुने गरेको छ।

मंगलबार दिउँसो आएको ६.८ रेक्टर स्केलको पराकम्पनमा भत्किएका संरचनाले किच्दाभन्दा पनि भागदौडमा लडेर धेरै घाइते भएको प्रहरीले जनाएको छ । मंगलबारको पराकम्पनमा उपत्यकामा आठजनाको मृत्यु र एक हजार पाँच सय ८५ जना घाइते भएका थिए।

जसमध्ये चारजनाको आत्तिएर भागदौड गर्दा हृदयाघातबाट मृत्यु भएको थियो । घाइते हुनेमध्ये ८० प्रतिशतलाई भागदौडकै क्रममा चोट लागेको प्रहरीले जनाएको छ। आत्तिएर भाग्नेभन्दा पनि पूर्वतयारी गरेर खुला स्थानमा बस्न र नआत्तिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

मंगलबारको पराकम्पनमा ९१ जनाको ज्यान गुमेको र दुई हजार चार सय २७ जना घाइते भएका छन् । उपत्यकामा ८, पूर्व क्षेत्रमा दुई, मध्य क्षेत्रमा ७८ र पश्चिम क्षेत्रमा दुईजनाको मृत्यु भएको छ । यसैगरी १२ वैशाखको भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार एक सय ५४ पुगेको छ । त्यस्तै १७ हजार आठ सय ६४ जना घाइते भएका छन्।

उपत्यकामा एक हजार सात सय दुई, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा पाँच हजार नौ सय ७८, पश्चिम क्षेत्रमा चार सय १९ र मध्यपश्चिम क्षेत्रमा दुईजना रहेका छन् । भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७० जनाको मृत्यु भएको छ।

उपत्यकामा ६५ हजार चार सय ९४, पूर्व क्षेत्रमा ३५ हजार चार सय ५४, मध्य क्षेत्रमा एक लाख ९८ हजार दुई सय ८३, पश्चिम क्षेत्रमा एक लाख १३ हजार नौ सय ४२, मध्य पश्चिम क्षेत्रमा तीन हजार एक सय ५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी जम्मा चार लाख १६ हजार तीन सय ६१ भौतिक संरचना क्षति भएका छन् ।

काठमाडौं आएका गाउ फर्किन थाले - १२ वैशाखाको भूकम्पपछि सामान्यतर्फ अघि बढेको राजधानीको जनजीवन मंगलबारको शक्तिशाली पराकम्पनपछि फेरि अस्तव्यस्त बन्न पुगेको छ । घरमा बस्न थालेका सर्वसाधारण फेरि खुला ठाउँमा बस्न थालेका छन् भने कोही गाउँ फर्कन थालेका छन्।

महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यका बाहिरिने र भित्रने संख्या सामान्य हुन लागेकोमा मंगलबारदेखि उपत्यका छाड्नेको संख्या फेरि बढेको छ । बुधबार बिहान ६ देखि साँझ ६ बजेसम्म पाँच हजार दुई सय ११ वटा सवारीबाट ३९ हजार ७७ जना बाहिरिएका छन् । त्यस्तै चार हजार ६४ सवारीसाधनबाट २७ हजार ६० जना भित्रिएको महाशाखाका एसपी पोषराज पोखरेलले बताए । काठमाडौं फर्कन लागेकासमेत बुधबार केही बाटोबाटै गाउँ फर्किएका थिए।

उपत्यकाका खाली स्थान भरिभराउ भएका छन् । खुलामञ्च, युएनपार्क, टुँडिखेल, नारायणचौर, सिंहदरबार, नारायणहिटी, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, भक्तपुरको सल्लाघारीलगायतको क्षेत्रमा पाल राखेर सर्वसाधारण बसेका छन् । त्यस्तै सडकका छेउ–छेउमा पनि सर्वसाधारण राति सुतेका थिए।

फेरि भूकम्पको ठूलो धक्का आउने भन्ने हल्लाले बुधबार पनि सर्वसाधारण घर फर्कन सकेका छैनन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा भूकम्पको खतरा अझै बाँकी रहेको भन्ने समाचार प्रसारण गरिरहेका छन्।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf