३१ बैशाख, लमजुङ,। एकीकृत माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्ट्टराईले भूकम्पबाट घरबारविहिन भएकाहरुका लागि सस्तो मोडलको अस्थायी घर बनाउने तरिका आफै सहभागी भएर सिकाएका छन् ।

५ जना सम्म सुत्न मिल्ने यो घरको मोडल सस्तोमा समेत पर्छ ।उनले बुधबार भूकम्पले ध्वस्त पारेको काठमाण्डौ गोलढुंगा ( बैखु )स्थित एक टोलमा यस्ता अस्थायी आवास निर्माणको आफ्नै हातले किला ठोकेर शूरुवात गरेका हुन् ।

उनले यस्ता घर रु. १० हजारदेखि २०-२५ हजार सम्ममा बन्न सक्ने र यसरी अस्थायी आवास निर्माणलाई युद्धस्तरमा देशव्यापी रुपमा संचालन गरेर आसन्न बर्षायाम अगाडि नै सबैलाई सुरक्षित आवासको व्यवस्था गर्न सकिने समेत जनाएका छन् ।
बाबुराम भट्टराईले ब्यवस्थित मानिएका चिनियाँ टेन्ट ठीकसंग वितरण नगरिएको र ठुलावडाहरुले मनोमानी गरेको भन्ने जनगुनासो सुनिएको भन्दै यस्ता टेन्ट जोहो गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।