गएको शनिबार भूकम्पले जिल्लाको धेरै गाविसलाई क्षति पु-याउनुका साथै ६० प्रतिशत भन्दा बढी घर कामै नलाग्ने भए पछि विभिन्न क्षेत्र बाट आएको राहत सामाग्रीमा वितरण गर्ने र पहुच वालाको हालिमुहाली चल्न थालेको छ।
भूकम्प गएको दोस्रो दिन देखी जिल्ला भित्रीएको राहत सामाग्रीलाई हेर्ने हो भने अन्य जिल्लाको तुलनामा उच्च देखीन्छ तर कुन जिल्लाबाट र कुन सहयोगी मार्फत के कति सामान आयो र कुन गाउँ विकास समितिमा के कति सामान गयो त्यो भने सातौं दिन हुदाँ सम्म पनि कोही कसैलाई जानकारी गराईएको छैन। पहिलो दिनमा नै बसेको जिल्ला दैवि प्रकोप उद्वार समितिले दैनिक साँझपख दिन भरीका घटना तथा उद्वार र सामाग्रीका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गराउने निर्णय भएको भएता पनि आज सम्म पनि पत्रकार सम्मेलन गरीएको छैन भने सञ्चार माध्यमले सो को विवरण माग्दा दिन मानि रहेका छैनन।
राहत सामाग्रीमा त्रिपाल, कम्बल, बिस्कुट, चिउरा, पानी, चामल, दालमोठ, चाउचाउ, म्याट्रेस तथा विभिन्न प्रकारको औषधी आएको छ। आएका सामाग्री मध्ये कति परिमाणमा कुन कुन गाविसलाई दिइए
को हो सो को आज सम्म जानकारी नगराउदा सर्व साधारणका साथै दातृ निकायले समेत शंका गर्न थाली सकेको छ। पछिल्लो पटक आएका राहत सामाग्रीहरुमा नजिकका गाविस बाहेक टाढाका गाविसलाई नगन्य मात्रामा सामाग्री पठाएको देखीन्छ।
हेलिकप्टर बाट मात्र ढुवानी गर्न सकिने ति गाविसमा आखोमा छारो हाल्ने गरी ४ देखी ५ सय के.जी. सामान मात्र पठाएको गाविस सचिवले बताए। यता नजिकका गाविसहरुले भने ४ एल.पी.ट्रक सम्मका सामान लगेर वितरण गरेका छन। बितरण गरीएको सामाग्रीहरु या त राजनैतिक दलका नजिकका मान्छे वा वितरण गर्न जाने प्रतिनिधीका आफन्त बाहेक अरुले पाउन नसकेको भन्दै हिजै मात्रै गोरखाको शिक्तल डाडाँमा राहत सामाग्री स्थानियले नियन्त्रणमा लिएर जलाई दिएका छन भने आज विहानै देखी कम सामाग्री पुगेका गाविसका प्रतिनिधीहरुले सडक बाटो कुरेर सामाग्री कब्जामा लिने गरेका छन । राहत सामाग्री जलाईएको र नियन्त्रणमा लिएको विषयमा प्रशासन मौन बसेको छ ।