१९ वैशाख, नुवाकोट। जिल्ला प्रशासन कार्यालय र जिल्ला दैवि प्रकोप उद्धार समितिले भूकम्प पीडितका लागि आएको राहत वितरणलाई व्यवस्थित गर्न नसकेपछि नुवाकोटमा राहत जति सैन्य तालिम केन्द्र विदुरमा थन्किएको छ।
राहत वितरणलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने भन्दै प्रशासनले जथाभाबी राहत वितरण नगर्न र राहत दिनेलाई प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएपछि आएको राहत नेपाली सेनाको व्यारेकमा थन्किएको छ। भूकम्प भएको सात दिन बित्दा पनि राहत वितरण प्रभावकारी रूपमा सुरु हुन नसकेपछि यहाँका भूकम्प पीडितले राहतबिना नै दिनरात बिताउनुपरेको गुनासो चौतर्फी आएको छ।
नुवाकोटमा अहिलेसम्म नेपाल सरकारले पाँच करोड दिएको प्रशासन कार्यालयले जनाएको छ। सरकार, नेपाल रेडक्रस सोसाइटी, लगायत विभिन्न निकायबाट आएको त्रिपाल, चामल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, बिस्कुट, दाल, नुन, भाँडा, पानी, कम्बललगायत सामान व्यारेकमा थन्किएको छ । गाउँ गाउँमा राहत सामग्री र त्रिपाल नपुगेको भन्दै चौतर्फी विरोध आए पनि कार्यालयले राहत वितरणलाई अझै सहज बनाउन नसकेपछि पीडित आक्रोशित भएका छन्।
यसैविच उद्धार र राहत कार्यमा स्थानीय प्रशासनको सकृयता नदेखिएको भन्दै नुवाकोटका भूकम्प पिडित आक्रोशित भएका छन् । जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला सहित समितिका पदाधिकारीहरु सरोकारवाला सँग सम्पर्कमा नरहेकोमा स्थानीय आक्रोशित भएका हुन्। राहत संकलन र उद्धारका नामममा समिति पदाधिकारीहरु सैन्य तालिम केन्द्र विदुरको सुरक्षित स्थानमा मात्र वसी पिडित सम्म पुग्न नसकेको स्थानीयहरुको आरोप छ । जिल्लाको दुर्गम लच्याड गाउँमा सरकारी तवरवाट अहिले सम्म राहत र उद्धारका लागि कोहि नआएको स्थानीय जीवन तामाडले जानकारी दिए। काठमाडौसँग सिमाना जोडिएका सुनखानी, थानापति थानसि लगायतका स्थानमा पनि हाल सम्म राहत नपुगेको थानसिडका विनोद पाठकले जानकारी दिए । यस्तै जिलिड, रातमाटे, दुईपिपल लगायत स्थानमा राहत पठाईएको भनिएपनि गाउँसम्म नआईपुगेको दुईपिपलका रामहरि न्यौपानेले जानकारी दिए । भूकम्पले नुवाकोटमा मृत्यु हुनेको संख्या शनिवार सम्म ७ सय ८० पुगेको पछिल्लो सरकारी तथ्याडक आएको छ । दुर्गम भेगका गाउँहरुसँग सम्पर्क विच्छेद रहेका कारण मृतकको संख्या थप हुन सक्ने देखिएको छ । भूकम्पका कारण गम्भिर घाईते भएकाको संख्या ६ सयको हाराहारीमा छ । नेपाली सेनाले हेलिकोप्टर र स्थलगत रुपमा उद्धार जारी राखेसँगै घाईतेहरुलाई सदरमुकाम ल्याउने क्रम रोकिएको छैन । भूकम्पमा गम्भिर घाईते वाहेकको संख्या मात्रै १ हजार नाघेको उद्धारकर्मीहरुले जनाएका छन् ।