Home » » हराएको अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, २ नेपाली र ६ अमेरिकी सैनिकको मृत्यु

हराएको अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, २ नेपाली र ६ अमेरिकी सैनिकको मृत्यु

लम्जुङ, १ जेठ । भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर आज सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ ।

नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त हेलिकप्टर खोजीका लागि नेपाली सेनाको पैदल फौजले त्यस ठाउँमा दुर्घटना भएको जानकारी पाएपछि सेनाकै दुई हेलिकप्टर त्यस क्षेत्रमा पठाइएको थियो ।
ती हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । सो हेलिकप्टरमा नेपाली सेनाका दुई र विदेशी छ जना सवार थिए । दुर्घटनासँगै हेलिकोप्टरमा सवार सबै सैनिकको मृत्यु भएको छ ।
उक्त दुर्घटनाग्रस्त इलाकामा नेपाली सेनाको पैदल फौज र मौसम अनुकूल भएमा हवाई साधन पठाइने तथा घटनाको थप विवरण प्राप्त हुनासाथ पुनः जानकारी गराइने निर्देशनालयले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf