- लमजुङ्,२० ! गत शनिवार नेपालमा महाभूकम्प गयो जस्को कारण मुलुकका विभिन्न ११ जिल्ला पछी थप २ जिल्ला प्रभावित भयो । राजधानी बाट नजीक रहेको जिल्ला सिन्धुपाल्चोक गा बि स, ठुलोसिरुवारी भुल्भुले वडा न. ५ मा जन्मेको गायिक रिता लामाले बिल्कुलै नया गित भर्खरै सार्बजानिक गरिएको म त लजाउने भन्छन मनमा सजाउने गीत वाट चर्चा बदुल्दै गरेको थियो,हाल महाभूकम्प को कारणले गर्दा भुल्भुले गाउमामा ठुलो तामाङ् बस्ति थियो तामाङ् गाउमा सबै घर ध्वस्तभएको छ कुनै घर पनि बस्नु हुने छैन जनधनको ठूलो क्षति व्यहोरेका रिता लामा को आफ्नै २ वाट घर पनि महाभूकम्पले ध्वस्तभएको छ ! रिता कार्यक्रमको शिलशिलामा काठमाडौँ मा बस्दै आउनु भएको थियो ! उहाले टेलिफोन मा कुरा गर्दै भाबुक भएर कहिले कति खेर के हुन्छ कसैलाई पनि थाहा छैन, भनेर सुनाउनु भाको छ ! गाउँहरुमा सरकारको राहत र उद्धार टोलि पुग्न सकेको छैन अहिले सम्म पनि कुनै पनि क्षेत्रक निकायहरु नपुग्दा ठुलोसिरुवारी भुल्भुले वडा न. ५ का मानिसहरु नाजुक स्थितिमा दिन रात बिताइरहेका छन् ! गाँउहरुमा सञ्चारसम्पर्क विच्छेद भएको छ ! जति सक्दो भूकम्प पिडित लाइ उद्धार गर्नको लागि सबैलाई अनुरोध गर्दछु ! हाल आफ्नै गाउमा महाभुकम्पको लागि सयोग को लागि हात हरु बढाउदै हुनु हुन्छ..
- रिता लामा ले एउटा गीत पनि देश को नाम मा लेखनु भएको रहेछ !!
- गीत को बोल ..
- यहाँ देश डुबिरहेछ कसले के सोच्ने
- यहाँ आमा रोइरैछिन कस्ले आसु पुछ्ने
- देश डुबिरहेछ................
- आपत्त बिपत्त परिरहेछ यहाँ आ आफ्नो ज्यान जोगाउन
- पाएको छैन कठै मनको पिर पोखाउन्
- देश डुबिरहेकोछ ..............
- धैर्य देउ मलाई भनि इश्वरको नाम जपिरहेछु
- सोच्नै सकिन्न आज नेपालीले कती पिडा खपिरहेछु
- यहाँ देश डुबिरहेकोछ ........
- शब्द : रिता लामा
-