भक्तपुर, वैशाख १९ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार गएको भूकम्पमा परी पीडित बनेकाहरुको उद्धार र राहत वितरण गर्न सरकार असफल भएको बताएका छन् ।
आफ्नै निबासमा शनिबार दोलखाका नागरिकसंगको भेटमा अध्यक्ष ओलीले यस्ते बताएका हुन् ।
नेपालमा यति ठूलो विपत्ति एकै पटक गएको र यसलाई व्यवस्थापन गर्न सरकार अल्मिलिएको ओलीले बताए ।
उनले सरकारले छिटो भन्दा छिटो वास्तविक पीडितसम्म राहत सामग्री पु¥याउन आफूले प्रधानमन्त्री र गृहमन्त्रीलाई घच्घच्याइरहेको पनि बताए ।
अध्यक्ष ओलीले नेताहरु गाउँ गाउँ आएनन् भन्ने जनताको गुनासोमा नेताहरु आफैँ गाउँ घुम्ने नभई राहत सामग्रीको लागि पहल गर्ने जिकिर गरे ।
नेपालमा विनाशकारी भूकम्प जस्तै जातीयता र देशको विखण्डनको विनाश निम्त्याउन खोज्ने पनि सक्रिय रहेको बताउँदै उनले त्यस्ता तत्वलाई सच्याउने प्रयास आफूले गरिरहेको दाबी गरे ।