Home » » मध्यधादिङका बासिन्दा अहिले आकाशमा उडेका हेलिकोप्टरमा आँखा लगाएर बसिरहेका छन् ।

मध्यधादिङका बासिन्दा अहिले आकाशमा उडेका हेलिकोप्टरमा आँखा लगाएर बसिरहेका छन् ।

धादिङ, वैशाख २० – भूकम्प गएको एक सातासम्म कुनै पनि राहत प्राप्त गर्न नसकेका मध्यधादिङका बासिन्दा अहिले आकाशमा उडेका हेलिकोप्टरमा आँखा लगाएर बसिरहेका छन् । ‘हेलिकोप्टर बस्नको लागि ठूलो ठाउँ चाहिँदैन रे । हाम्रो बारीमा पनि बस्न सक्छ भन्छन् । हामीलाई पाल मात्र दिएर गए हुन्थ्यो नी,’ नलाङ गाविसका विष्णुबहादुर श्रेष्ठले भने । विनाशकारी भूकम्प गएको दोस्रो दिन पाल पाउने आशामा चार घन्टाको पैदल यात्रा गरेर सदरमुकाम धादिङवेसी गएका श्रेष्ठको हातमा अहिलेसम्म राहतको नाममा रात कटाउने पालसम्म परेको छैन् । ‘दुईतले घर पूर्ण क्षति भयो । भाग्यले परिवारका सबै जना बाच्न त सफल भयौं । दिनभरको चर्को घाम र रातभरको झरीमा बच्चालाई जोगाउन साह्रै मुस्किल परिरहेको छ,’ श्रेष्ठ भन्छन् । आजको नागरिक दैनिकमा खबर छ। 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf