Home » » भारतीय मिडियालाइ खुला पत्र: नाटक र प्रहशन थुप्रै कार्यक्रम छन, हाम्रो पीडाको मजाक नबनाउनुस

भारतीय मिडियालाइ खुला पत्र: नाटक र प्रहशन थुप्रै कार्यक्रम छन, हाम्रो पीडाको मजाक नबनाउनुस

मेरो देशमा आइलागेको विपत्तिमा भारतले गरेको सहयोगप्रति म हृदयदेखि नै आभार व्यक्त गर्छु । नेपालभित्र र बाहिर रहेका सबै नेपाली सहयोगप्रति आभारी छौं ।
तर जब म आफ्नो मातृभूमिभन्दा बाहिर रहेको नेपालीका हिसाबले भारतीय समाचार र रिपोर्टिङहरु हेर्छु, मुटु छियाछिया भएर आउँछ, मनमा गहिरो चोट अनुभव गर्छु । त्यो चोट ७.९ रेक्टर स्केलको भूकम्पले पुर्‍याएको क्षतिभन्दा पनि बढी विध्वंशकारी लाग्छ मलाई । जसरी स्वास्थ्यकर्मीलाई उपचारपछि गम्भीर दुस्प्रभावबारे सिकाइएको हुन्छ, त्यसरी नै फरकफरक घटनाको फरकफरक तरिकाले कसरी रिपोर्टिङ गर्ने भन्ने पनि रिपोर्टरलाई सिकाइएको हुनुपर्छ । भारतीय मिडिया र सञ्चारकर्मीहरुलाई हेर्दा लाग्छ– उनीहरु भूकम्पको होइन कुनै पारिवारिक टेलिफिल्मको सुटिङ गरिरहेका छन् । के कुनै भारतीय पत्रकार राहत नपुगेको सुदूर गाउँमा पुग्यो भने प्राथमिक सहयोग र खानेकुरा पनि सँगै लिएर जनतालाई दिन सक्दैन ?
अनौठो त यो छ कि ती रिपोर्टरले घाइते महिलाको टाउकोबाट बगेको रगत रोक्न कपडाको सानो टालो पनि दिन आवश्यक ठानेनन् ! अनौठो त यो छ कि ती रिपोर्टरसँग अरुलाई हेल्मेटै-हेल्मेटले हिर्काउने व्यक्तिको हात समाउने एक मिनेट पनि समय भएन !
अहिले एउटा समाचार भाइरल भएर फैलिएको छ जहाँ रिपोर्टरले खानाका लागि भूकम्प पीडितहरुका बीचमा भएको खोसामार र एकजना आइमाई गम्भीर घाइते भएको देखाएका छन् । म ती रिपोर्टरलाई धन्यवाद दिन्छु जसले ती घाइते महिलाको टाउकोमा लागेको चोटको बारेमा रिपोर्ट तयार गरे । तर, अनौठो त यो छ कि ती रिपोर्टरले घाइते महिलाको टाउकोबाट बगेको रगत रोक्न कपडाको सानो टालो पनि दिन आवश्यक ठानेनन् ! अनौठो त यो छ कि ती रिपोर्टरसँग अरुलाई हेल्मेटै-हेल्मेटले हिर्काउने व्यक्तिको हात समाउने एक मिनेट पनि समय भएन ! कुरा ठीकै हो, कुनै पनि क्यामेराम्यान घटनाको एक सेकेन्ड पनि छुटाउन चाहँदैन ताकि घटनालाई नाटकीय रुपमा देखाउन सकियोस् । तर म के सोच्छु भने तिमी सञ्चारकर्मी हुनुभन्दा पहिले मान्छे होऊ । जिम्मेवार मान्छे हुनुको नाताले कसैको उद्दार गर्नु तिम्रो कर्तव्य हो ।
अर्को उदाहरण, एकजना पत्रकारसँग यति धेरै समय छ कि ऊ उद्दारकर्ताहरुलाई उद्दार गर्ने आधुनिक प्रविधिका बारेमा सोधेर हैरान पारिरहेको छ । तपाईं त्यो ठाउँमा एकजना मान्छेको जीवन बचाउन सक्नुहुन्न भने कम्तीमा अरुलाई अलमल्याउने काम त बन्द गर्न सक्नुहुन्छ होला नि ? समाचार हेरेपछि यस्तो लाग्छ कि रिपोर्टर प्रविधिका बारेमा अनभिज्ञ छन् । त्यस्ता प्रश्नहरु त्यहाँ गर्न सकिन्थ्यो जहाँ भूकम्प उद्दार गर्ने प्रविधि पहिलोपटक सार्वजनिक गरिँदै गरेको हुन्छ । तपाईं रिपोर्टरहरुलाई मुरीमुरी धन्यवाद जो भूकम्प पीडितहरुलाई अस्पताल र स्वास्थ शिविरहरुमा पुर्याउने प्लेनको सिट कब्जा गरेर भारतबाट नेपाल आउनुभयो ! तपाईं रिपोर्टरहरुलाई पनि मुरीमुरी धन्यवाद जसले अति प्रभावित क्षेत्रमा खानेकुराका पोका र अरु सामान पठाउने सिट कब्जा गर्नुभयो !
मान्छेका रुपमा मानवीयता देखाउनुस् । यो संसारमा टेलिभिजन कार्यक्रमहरुमा नाटकीय कार्यक्रम, पारिवारिक सिरियल, ‘हरर् सो’ र बकम्फुसे ‘रियलिटी सो’हरुको कुनै कमी छैन । मेरो अनुरोध छ, कृपया तपाईंहरु अर्को यस्तै नाटक नदेखाउनुहोस् ।
अहिले नेपालमा हुनुहुने सबै पत्रकारहरुलाई मेरो अनुरोध
रिपोर्टरको रुपमा तपाईंको धर्म घटनालाई क्यामेरामा कैद गर्नु, अन्तर्वार्ता लिनु मात्र होइन । यदि तपाईं भूकम्पले अति प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ भने प्राथमिक सहयोग पनि लिएर जानहोस् । खानेकुरा, पाल अथवा पानी लिएर जानुहोस् । तपाईंहरु सरकारले यो गरेन, ऊ गरेन भनेर मात्रै कति देखाउनुहुन्छ, सरकार नपुगे पनि कम्तीमा तपाईं पुग्नुहोस् । हामी नेपालीहरु कमजोर र स्वार्थी सरकारका बारेमा भुक्तभोगी हौं । कम्तीमा तपाईं–हामी सबैले मानवीय जिम्मेवारी निर्वाह गरौं ।
सावधानीपूर्वक उपयोग भए मिडिया शक्ति हो । अन्यथा भएमा मिडिया हजारौं निर्दोष मान्छेको हत्या गर्ने हतियार बन्न सक्छ ।
म आशा गर्छु, मेरो सन्देश अहिले नेपालमा रहनुभएका सबै पत्रकारहरुसम्म पुग्नेछ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf