Home » » हेलिकप्टरको पर्खाइमा बस्दाबस्दै काभ्रेमा एकको मृत्यु,गाविस सचिवलाई कुटपीट

हेलिकप्टरको पर्खाइमा बस्दाबस्दै काभ्रेमा एकको मृत्यु,गाविस सचिवलाई कुटपीट

काभ्रे, वैशाख २१ । भूकम्पबाट घर भत्कँदा घाइते भएका काभ्रेपलाञ्चोकको विकट गाउँ गोकुले गाविस वडा नम्बर–६ का वीरबहादुर तामाङको समयमै उद्धार र उपचार नहुँदा मृत्यु भएको छ ।
बेसीथोक निवासी तामाङलाई भत्किएको घरमा पुरिएको अवस्थाबाट स्थानीयले उद्धार गरेका थिए । तर, उद्धारपछि उपचार गर्न अस्पतालसम्म लैजान नसक्दा उनको सोमबार मृत्यु भएको हो ।
सडक अवरोधका कारण हेलिकप्टरको पर्खाइमा बस्दाबस्दै उनको मृत्यु भएको बताइएको छ ।
यसैबीच, डाँडापारी क्षेत्रकै फलामेटार गाविस हात्तीडाँडाका शिक्षक इन्द्रबहादुर तामाङको झाडापखालाबाट सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, राहत अभाव र वितरणमा ढिलाइ भएको भन्दै काभ्रेको चौबास गाविसका गाविस सचिव, मेच्छे गाविसका गाविस सचिव केशव दाहाल र सरमतली गाविसका गाविस सचिव विश्वनाथ दाहालमाथि स्थानीयले कुटपीट गरेका छन् ।
यी गाविसमा अझै उद्धार र राहत टोली पुग्न सकेको छैन भने स्थानीय खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf